निर्वाचन कार्यालयले आचारसंहिताको बिषयमा लियो सुझाव

Written by meropradesh creator

६ फाल्गुन २०७७, बिहीबार

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले आगामी बैशाखमा हुने निर्वाचनलाई मर्यादित र भयरहित बनाउन निर्वाचन आयायोगले बनाएको आचारसंहिताका बिषयमा जिल्लाका सरोकारवाला व्यक्तिहरुसँग राय सुझाव संकलन गरेको छ ।
निर्वाचन कार्यालयले बिहिवार जिल्ला समन्वय समितिको सभाहलमा गरेको उक्त अन्र्तक्रिया कार्यक्रममा सहभागी राजनितिक दल, सरकारी कार्यालयका प्रमुख तगा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु, स्थानिय तहका प्रमुखहरु, जिल्लास्थित संचारकर्मीहरुसँग सुझाव संकलन गरेको हो । निर्वाचन आयोगले निमार्ण गरेको आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गराउनको लागि सरोकारवाला बिच इमान्दारीताको खाँचो रहेकाले सबैजनाले सामुहिक प्रतिवद्धता कायम गरे मात्रै निर्वाचन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन हुने उमाकुण्ड गाउँपालिका प्रमुख शेरवहादुर सुनुवारले जानकारी दिए ।
निर्वाचनको समयमा निर्वाचन आयोगले बनाएको आचारसंहिता पालना नगरी उल्घंङ्घन गर्नेलाई के–कस्तो कारवाही हुने निर्वाचन आयोगले प्रष्ट पार्नुपर्ने सहभागीहरुले सुझाएका थिए । त्यस्तै प्रतिनिधिसभा निर्वाचनको लागि कम्तीमा दुई महिना पार्टीका नेताहरुले चुनाव प्रचार–प्रसार गर्न पाउँनुपर्ने र मतदान गराउन जाने कर्मचारीहरुले कम्तीमा खाने र बस्ने व्यवस्था मतदाताको घरमा गर्नै नहुने नेपाली काँग्रेसका जिल्ला सचिव लेखबहादुर कार्कीले जानकारी दिए । उनले भने– राजनितीक दलहरुले सञ्चारमाध्यममा समय किनेर प्रसस्त मात्रामा प्रचार–प्रसार गर्न पाउनुपर्ने र आचारसंहिता नमान्नेको हकमा अनिवार्य रुपमा दण्ड वा सजाय किटान हुनुपर्ने बताए ।


त्यस्तै कार्यक्रममा सहभागी पत्रकारहरुले निर्वाचनको समयमा जिल्लाका संञ्चारमाध्यमहरुले निर्वाचनको प्रचार–प्रसार गर्न थोरै समय मात्रै भएकाले यसलाई बढाएर लामो समय पार्नुपर्ने बताएका थिए । निर्वाचनको समयमा निर्वाचन आचारसंहिता निमार्ण गर्नु भन्दा त्यसलाई कडाईका साथ पालना गर्नु ठूलो कुरा भएकाले निर्वाचन आयोगले बनाएको आचारसंहिता माथि जिल्लामा उठेका सुझावहरुलाई सम्वन्धित ठाउँमा परामर्शको लागि पठाउनु उपयुक्त हुने रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए ।
अन्र्तक्रिया कार्यक्रममा निर्वाचन आयोगले निमार्ण गरेको आचारसंहिता माथि आएका सबै सुझाबहरुलाई एकढिक्का बनाई सम्वन्धित निर्वाचन आयोगमा पठाउने र निर्वाचन आयोगवाट पास भएर आएका आचारसंहितालाई पूर्णरुमा कार्यान्वयनमा ल्याइने जिल्ला निर्वाच कार्यालय रामेछापका निर्वाचन अधिकारी शम्भुकुमार कटुवालले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...