रामेछाप नगरपालिकामा शिक्षक छनौट निश्पक्ष छ– तामाङ्ग

Written by meropradesh creator

३० माघ २०७७, शुक्रबार

रामेछाप । रामेछाप नगरपालिकामा शिक्षक छनौट गर्दा कुनै पनि छलछाम नगरी निश्पक्ष ढङ्गले शिक्षक छनौट गरिएको शिक्षा शाखाका प्राविधिक सहायक डोरबहादुर तामाङले जनाएका छन् ।
रामेछाप नगरपालिका वडा नं–३ साँघुटारमा रहेको कालिका इश्वरी आधारभूत विद्यालयका लागि बुधबार गरिएको शिक्षक छनौट निश्पक्ष तरिकाले भएको प्राविधिक सहायक तामाङले जानकारी दिए । उनले भने– कार्यालयमा शिक्षा शाखा प्रमुख नहुँदा सो विद्यालयको शिक्षक छनौटको लागि कार्यालयले मलाई जिम्मेवारी तोकेर पठाएको थियो । मैले शिक्षक छनौट समितिकै रोहबरमा परिक्षा संचालन गरेर शिक्षक छनौट गरेको हुँ, यसमा कुनै छलछाम छैन् ।
शिक्षक छनौट समितिकै आँखा अगाडी शिक्षक छनौटगर्दा पनि अनावश्यक रुपमा विभिन्न टिकाटिप्पणी गर्दै केही व्यक्तिहरुले मेरो र कार्यालयको चरित्र हत्या गर्ने जुन षड्यन्त्र गरेर केही संचारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भिर आपत्ती रहेको शिक्षा सहायक तामाङले बताए । उनले भने– परीक्षा संचालन हुनुभन्दा केही समय अगाडी विषय विज्ञ छनौट गर्दा ६ जना विषय विज्ञ मध्येबाट एकजना छनौट गर्नुपर्ने भएपछि गोलापर्थाबाट छनौट गर्ने कुरा सहभागीबाट आयो र मैले त्यहिँ अनुसार गोला तयार गर्दा सामान्य त्रुटीले एकै व्यक्तिको नाम ६ ओटामा टाईप हुन पुगेको हो ।
सबैको अगाडी तत्कालनै त्यसलाई सुधार गरेर ६ जनाकै नाम भएको अर्को गोला तयार गरे । संयोग नै भन्नुपर्छ गलत भएको गोला नष्ट गर्नुको सट्टा गोजीमै बसेछ । पछि गोजीबाट ६ ओटा गोला झिक्ने बेला एउटै व्यक्तिको नाम टाइप भएको पर्न गएर केही त्रृटि भएको हो । तत्काल त्यसलाई सुधार गरेर शिक्षक छनौट समिति र सोही वडाका वडा अध्यक्षको रोहवरमा जसको नाम ६ ओटामा देखियो उनलाई सहभागी नगराई निश्पक्ष तरिकाले सहमतिकै आधारमा शिक्षक छनौट गरेका हौं ।
शिक्षक छनौट भएको भोलीपल्ट एकपक्षिय ढंगले शिक्षक छनौट गरेको कुरालाई नदेखाई नगरपालिकाको एक कर्मचारीलाई दोषी देखाएर नगरको नेतृत्वलाई असफल बनाउने गरी केही साथीहरुले पत्रकार सम्मेलन गरेर मेरो चरित्र नै हत्या गर्ने जुन प्रयास गरे यसबाट म अत्यन्तै दुःखीत भएको तामाङले बताए । केही संचारमाध्यमहरुमा शिक्षा शाखाका प्राविधिक तामाङ्गलाई वडा अध्यक्षले कठालोमा समातेर घिसारेको भन्ने जस्ता भ्रामक समाचारहरु पनि आए । शिक्षक छनौटको समयमा मलाई कुनै पनि वडा अध्यक्षले कठालोमा नसमातेको उनले बताए ।
एकजना कर्मचारीलाई धेरै कामको जिम्मेवारी दिदा सामान्य त्रुटी भएता पनि त्यसलाई तत्काल सच्याएर परीक्षा संचालन गरि शिक्षक भर्ना समेत भइसकेकाले यसलाई ठूलो बिषय बनाईराख्नु नहुने रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए । शिक्षक छनौट र परिक्षा लिने क्रममा आफ्ना कर्मचारीवाट गल्ती गरेको प्रमाण लिएर आए तत्काल कारवाही गर्ने रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले जानकारी दिए । उनले भने– यो सबै राजनितिक प्रतिशोध साध्न बनाइएको काल्पनिक घटना मात्रै हो ।
रामेछाप नगरपालिका–३ साँघुटारका वडाध्यक्ष भुपालराज श्रेष्ठले साँघुटारको कालिका इश्वरी आधारभूत विद्यालयमा शिक्षक छनौट गर्दा साठगाँठ मिलाएर शिक्षक छनौट गरेको भन्दै उनले बिहिबार केही संचारमाध्यमका पत्रकारलाई मात्रै डाकेर यस बिषयमा सार्वजनिक गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बेरुजुको चाङ ७ खर्ब ५५ अर्ब नाघ्यो, महालेखाको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बेरुजुको चाङ ७ खर्ब ५५ अर्ब नाघ्यो, महालेखाको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ, जेठ १ गते । मुलुकमा सरकारी बेरुजुको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ६३औँ वार्षिक प्रतिवेदनअनुसार यस वर्ष मात्रै थप ८८ अर्ब रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ । शुक्रवार राष्ट्रपति भवन शीतल...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...