मन्थली खानेपानीको अध्यक्षमा श्रेष्ठ र सुबेदीको नाम चर्चामा

Written by meropradesh creator

३० माघ २०७७, शुक्रबार

रामेछाप । मन्थली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मन्थली खानेपानी उपभोक्ता समितिका सचिव जयप्रकाश श्रेष्ठ र सदस्य पूर्णबहादुर सुबेदीको नाम चर्चामा रहेको छ ।
यसअघिका समितिका अध्यक्ष लगाएत सबै सदस्यहरुको पदाबधि सकिएपछि रिक्त रहेकाे ती पदमा मन्थली खानेपानी उपभोक्ता समितिको शनिवार हुने २० औं साधारणसभा मार्फत नयाँ समिति समेत चयन गर्ने भएको हो । मन्थली खानेपानी उपभोक्ता समितिको स्थापना कालदेखी निरन्तर रुपमा अध्यक्ष पदमा रहेर काम गर्दै आएका रामचन्द्र बियोगीले यसवर्षवाट अध्यक्ष पदमा नबस्ने जनाएपछि सो पद लगाएत अन्य समितिको पदहरुमा निर्वाचन हुन लागेको हो ।
मन्थली खानेपानी उपभोक्ता समितिको सचिव पदमा रहेर लामो समयदेखी काम गर्दै आएकाले अबको अध्यक्ष पदमा आफ्नो पालो आएको मन्थली खानेपानी उपभोक्ता समितिका सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए । उनले भने– पूर्व अध्यक्ष रामचन्द्र बियोगी (बा) बस्नु हुन्छ भने म उहाँलाई सम्मानपूर्वक छोड्न तयार छु । यदी उहाँ नउठ्ने नै हो भने अब मेरो पालो भनेको अध्यक्ष नै हो, यसबाट म पछि हट्दिन् ।
त्यसैगरी सोही उपभोक्ता समितिको सदस्य पदमा रहेर लामो समयदेखी काम गर्दै आएका पूर्णपबहादुर सुबेदीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी दिए । उनले भने– समितिमा लामो समयदेखी निरन्तर रुपमा लागि परेर सदरमुकाम मन्थलीको खानेपानीको समस्याको समाधानको लागि आफु अहोरात्र खटिरहेकाले यसपटक अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिने र अध्यक्ष पद कुनै हालतमा पनि नछाड्ने बताए ।
त्यस्तै समितिको कोषाध्यक्षमा समितिका सदस्य कृष्णबहादुर बस्नेतको नाम चर्चामा रहेको छ । उनले लामो समयदेखी सो समितिको सदस्य पदमा रहेर काम गर्दै आएका छन् । यसवाहेक समितिको उपाध्यक्ष, सचिव र सदस्यहरुको नाम भने अहिलेसम्म चर्चामा आएको छैन् । समितिले साधारणसभामा कसरी गर्ने भन्ने बिषयमा शुक्रवार समितिको कार्यालयमा पदाधिकारीसँग छलफल गराउने श्रोतले जनाएको छ ।
मन्थली खानेपानी उपभोक्ता समिति मार्फत दैनिक खानेपानी उपभोग गर्दै आएका ९ सय ४२ जना सदस्यहरु रहेका छन् । जसमध्ये व्यक्तिगत धारा जडान गर्ने संख्या ८ सय ९२ जना रहेका छन् भने सरकारी कार्यालयमा धारा जडान भएको संख्या ३५ वटा रहेको छ । यसवाहेक सदरमुकाम मन्थलीमा रहेका विभिन्न संघ÷संस्थाहरुमा धारा जडान भएको संख्या १४ वटा रहेको छ भने अत्तिरिक्त सार्वजनिक धारा १ वटा रहेको मन्थली खानेपानी उपभोक्ता समिति रामेछापले जनाएको छ ।
उपभोक्ता समितिको शनिवार हुने २० औं साधारणसभामा २०७७ साल मंसीर महिनासम्म खानेपानी उपभोग गर्दा उठेको महशुल रकम नतिर्ने सदस्यहरुलाई साधारणसभामा प्रबेशमा रोक लगाउने भएको छ । मंसीर महिनासम्म खानेपानीको महशुल रकम नतिर्ने सदस्यहरुलाई मतदान प्रक्रियामा समेत सहभागीता जनाउन नपाउने भएका हुन् ।
मन्थली खानेपानी उपभोक्ता समितिले आफ्ना सबै उपभोक्ताहरुलाई खानेपानी उपभोग गरे बापतको रकम तिर्न मौखिक तथा लिखित रुपमा पटक–पटक ताकेता गर्दा समेत रकम नबुझाएकाले साधारणसभामा सहभागीता गराउन वञ्चित गरिएको सो समितिले जनाएको छ । साधारणसभामा मंसिर महिनासम्मको खानेपानीको शुल्क बुझाउने सदस्यहरुले मात्रै सो सभामा सहभागीता जनाउन पाउने भएका हुन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...