इंग्ल्यान्ड संग भारतको लज्जास्पद हार

Written by meropradesh creator

२८ माघ २०७७, बुधबार

एजेन्सी –भारतले इंग्ल्यान्ड संग नराम्रो संगहार ब्यहोरेको छ । घरेलु टोली भारतलाई इंग्ल्यान्डले पहिलो टेष्टको पाँचौं दिन दोस्रो सेसनमो भारतलाई २ सय २७ रनको फराकिलो अन्तरले हराउँदै चार टेष्ट खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
जितको लागि ४ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ५८.१ ओभरमा १ सय ९२ रनमा अल आउट भएको छ । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको योगदान दिएका थिए । बेन स्टोक्सले बोल्ड आउट गर्नुअघि विराटले १ सय ४ बलमा ९ चौका प्रहार गरका थिए । युवा ओपनर सुभमन गिलले ८३ बलमा ७ चौका र १ छक्का सहित ५० रनको योगदान दिएका थिए । अन्य ब्याट्सम्यानले भने सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।
पाँचौं दिन पहिलो सेसनमै भारतले शीर्षक्रमका पाँच ब्याट्सम्यानलाई गुमाएपछि भारत हार नजिक पुगेको हो । चेतेश्वर पुजारालाई स्पिनर ज्याक लेचले पाँचौं दिनको सुरुवातमै स्टोक्सबाट १५ रनमा क्याच गराउँदै पेभिलिएन फर्काएका थिए । २७ ओभरमा जेम्स एन्डरसनले गिललाई बोल्ड आउट गरेका थिए । गिल आउट भएको तीन बलपछि अजिक्या रहाणेलाई एन्डरसनले शून्यमै बोल्ड आउट गरेपछि भारत संकटमा परेको हो । डोमिनिक बेसले वासिन्टन सुन्दरलाई विकेटकिपर जस बटलरबाट शून्यमा क्याच आउट गराएका थिए । ३३ औं ओभरमा एन्डरसनले ऋषभ पन्तलाई ११ रनमा कप्तान जो रुटबाट क्याच आउट गराएपछि इंग्ल्यान्ड जित नजिक पुगेको हो । रविचन्द्रन आश्विन ९ र शहबाज नदिम शून्यमा आउट भए ।
इंग्ल्यान्डका स्पिनर ज्याक लेचले सर्वाधिक ४ विकेट लिए । जेम्स एन्डरसनले ३, डोमिनिक बेस, जोफ्रा आर्चर र बेन स्टोक्सले १–१ विकेट लिए ।
त्यसअघि चौथो दिन सोमबार पहिलो इनिङमा २ सय ४१ रनको विशाल अग्रता लिएको इंग्ल्यान्ड दोस्रो इनिङ १ सय ७८ रनमा अल आउट हुँदै विशाल लक्ष्य दिएको थियो । कप्तान जो रुटले ३२ बलमा ७ चौका सहित सर्वाधिक ४० रनको योगदान दिए । ओली पोप २८, जस बटलर २४, डोमिनिक बेस २५ र ड्यान लरेन्स १८ रनको योगदान दिए । भारतका स्पिनर रविचन्द्रन आश्विनले १७।३ ओभरमा २ मेडन सहित ६१ रन खर्चेर ६ विकेट लिए । शहबाज नदिमको नाममा २ विकेट रह्यो ।
पहिलो इनिङङ भारत ३ सय ३७ रनमा अल आउट भयो । भारतका स्पिनर वासिन्टन सुन्दर १ सय ३८ बलमा १२ चौका र २ छक्का सहित ८५ रनमा अविजित रहे । विकेटकिपर ऋषभ पन्तले ८८ बलमा ९ चौका र ५ छक्का सहित सर्वाधिक ९१ रन बनाउँदै आउट भए ।
स्पिनर डोमिनिक बेसको बलमा ज्याक लेचबाट क्याच आउट भएपछि पन्त शतक बनाउन चुकेका थिए । चेतेश्वर पुजारा १ सय ४३ बलमा ११ चौका सहित ७३ रोरी बन्र्सबाट बेसको बलमा क्याच समातिन पुगे । पाँचौं विकेटका लागि पन्त र पुजाराले १ सय १९ रनको शतकीय साझेदारी गरेका थिए ।
चौथो ओभरमै तीव्र गतिका बलर जोफ्रा आर्चरले ओपनर रोहित शर्मालाई विकेटकिपर जस बटलरबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दशौं ओभरमा आर्चरले सुभमन गिललाई जेम्श एन्डरसनबाट २९ रनमा क्याच गराएपछि अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको थियो । गिलले २८ बलमा ५ चौका प्रहार गरे । त्यसपछि स्पिनर बेसले भारतको इनिङ धरासयी बनाए ।
बेसले कप्तान विराट कोहलीलाई ओली पोपबाट ११ रनमा क्याच गराउँदै भारतलाई ७१–३ को कमजोर अवस्थामा पुर्याए । कोहलीको प्रमुख विकेट लिएका बेसले उपकप्तान अजिक्या रहाणेलाई कप्तान जो रुटबाट एक रनमा क्याच गराउँदै पेभिलिएन फर्काएका थिए । रविचन्द्रन आश्विन ३१ रनमा आउट भए । इंग्ल्यान्डका स्पिनर डोमिनिसक बेसले सर्वाधिक ४ विकेट लिए । जोफ्रा आर्चर, एम्स एन्डरसन र ज्याक लेचले २(२ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड तेस्रो दिनको ५ सय ७८ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान जो रुट ३ सय ७७ बलमा १९ चौका र २ छक्का सहित २ सय १८ रनमा आउट भए ।
रुटलाई शहबाज नदिमले एलबिडब्लू आउट गरेका थिए । रुट १०० औं टेष्ट ब्यक्तिगत खेलमा दोहोरो शतक बनाउने टेष्ट क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका छन् । रुटले यस सफलता १४२।३ औं ओभरमा स्पिनर रविचन्द्रन आश्विनलाई लङअङमा छक्का प्रहार गर्दै रचेका थिए । रुटको यो टेष्ट करिअरको पाँचौं दोहोरो शतक हो ।
पहिलो दिन पूर्ण रुपमा हाबी बनेको इंग्ल्यान्डले दोस्रो दिन पनि त्यसलाई निरन्तरता दिँदै विशाल योगफल तयार पारेको हो । रुटका सामू दोस्रो दिन पनि भारतीय बलर निरिह देखिए । रुट दोस्रो दिन अन्तिम सेसनमा आउट हुन पुगेका थिए ।
रुटले पहिलो दिननै शतक प्रहार गरेका थिए । लगातार तीन शतक प्रहार गरेका रुटको नाममा पहिलो दिनमै नयाँइतिहास बनेको थियो । रुट ९८, ९९ र १०० औं टेष्ट खेलमा लगातार शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् । दोस्रो दिन चौथो विकेटका लागि रुटले बेन स्टोक्ससँग १ सय २४ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
स्टोक्स स्पिनर शहबाज नदिमको बलमा चेतेश्वर पुजाराबाट ८२ रनमा क्याच आउट हुन पुगेका थिए । स्टोक्सले १ सय १८ बलमा १० चौका र ३ छक्का प्रहार गरे । दोस्रो दिन पहिलो सेसनमा विकेट नगुमाई उत्कृष्ट साझेदारी गरेपछि भारतीय बलर दबाबमा परेका थिए । ओली पोप ३४ र विकेटकिपर जस बटलर ३० रनमा आउट भए । जोफ्रा आर्चर शून्यमा आउट भए ।
पहिलो दिन तेस्रो विकेटका लागि रुट र ओपनर डोमिनिक सिब्लेले ३ सय ९० बलमा २ सय रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेपछि भारत पहिलो दिन निरिह बनेको थियो । सिब्ले भने पहिलो दिनको अन्तिम ओभरमा जस्प्रित बुमराहको बलमा एलबिडब्लू धराप परेका थिए । ओपनर सिब्ले २ सय ८६ बलमा १२ चौका सहित ८७ रनमा आउट भए ।
रुटले १ सय ६४ बलमा १२ चौका सहित आफ्नो टेष्ट करिअरको २० औं शतक पूरा गरेका थिए । यसअघि रुटले जनवरीमा श्रीलंकाविरुद्ध पहिलो टेष्टमा २ सय २८ तथा दोस्रो खेलमा १ सय ८६ रनको इनिङ खेलेका थिए । इंग्ल्यान्डलाई ओपनर रोरी बर्न्स र डोमिनिक सिब्लेले ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर रविचन्द्रन आश्विनले २४ औं ओभरमा रोरीलाई विकेटकिपर ऋभष पन्तबाट ३३ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । रोरीले ६० बलमा २ चौका प्रहार गरे । ड्यान लरेन्सलाई जस्प्रित बुमराहले शून्यमै एलबिडब्लू आउट गरेका थिए । स्पिनर डोमिनिक बेस ३४ र ज्याक लेच १४ रनको योगदान दिए । भारतका जस्प्रित बुमराह र रविचन्द्रन आश्विनले ३(३ विकेट लिए । शहबाज नदिम र ईशान्त शर्माले २(२ विकेट लिए ।

समाचार खेलखबर बाट

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बेरुजुको चाङ ७ खर्ब ५५ अर्ब नाघ्यो, महालेखाको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बेरुजुको चाङ ७ खर्ब ५५ अर्ब नाघ्यो, महालेखाको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ, जेठ १ गते । मुलुकमा सरकारी बेरुजुको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ६३औँ वार्षिक प्रतिवेदनअनुसार यस वर्ष मात्रै थप ८८ अर्ब रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ । शुक्रवार राष्ट्रपति भवन शीतल...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...