प्रदुषण नियन्त्रणको अफर सहित ब्यारोन ह्विसकि बजारमा

Written by meropradesh creator

२६ माघ २०७७, सोमबार

रामेछाप । प्रदुषण नियन्त्रणको अफर सहित ‘द ब्यारोन एक्स्ट्रा प्रिमियम’ ह्विस्की बजारमा आएको छ । ह्विस्की विभिन्न प्रकारका वियर र मदिराको ब्यापक विक्रि संगै गाउँ र बजार केन्द्रहरुमा थुप्रिएका बोतलका कारण बढ्दो प्रदुषणबाट शिक्षा लिएको कम्पनिले त्यसखालको प्रदुषणलाई नियन्त्रण गर्ने सकरात्मक उदेश्यका साथ बजारमा आएको हो । आफनो कम्पनिको बोतल संकलन गर्दा बायु प्रदुषण न्युनिकरणमा सहयोग पुग्नुका साथै बोतल विक्रि बाट स्वरोजगार सृजना गर्न प्रयोग भईसकेका बोतलको उचित ब्यवस्थापन संगै त्यसको पुन संकलन गरि स्वरोजगार सृजना गर्न १२ वटा खाली बोतलको ९ सय रुपैयाँ दिने प्रवन्ध कम्पनिले मिलाएको छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा अल्को वेभ प्रा.लि. गत मंसिरबाट बजारमा ल्याएको यो ह्विस्की देशभरको बजारमा पुगिसकेको कम्पनीले जनाएको छ


कञ्चनपुरको कृष्णपुरमा उद्योग रहेको सो ह्विीस्की तीन वटा स्कच मिलेर बनाइएको छ । युनिक प्याकेजिङमा ५ वर्ष पुरानो स्कचको प्रयोग गरी बनाइएको द ब्यारोन एक्स्ट्रा प्रिमियम नामको सो ह्विस्कीले छोटो समयमा नेपाली उपभोक्ताहरुको विश्वास जित्न सफल भइसकेकोले यसले राम्रो बजार लिने अपेक्षा कम्पनीले गरेको छ । ‘प्याकेजिङ र टेष्ट राम्रो भएकाले बजारमा आएको छोटो समयमा ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको रामेछापका आधिकारीक डिलर एंव जि एस मार्केटिङ्ग प्रा लि का सञ्चालक श्याम थापाले बताए । मध्यम वर्गका उपभोक्तालाई लक्षित गरी कम्पनीले यो ह्विस्की बजारमा ल्याएको जानकारी पनि उनले गराए ।
द ब्यारोन एक्स्ट्रा प्रिमियमको मूल्य ७५० एमएलको ११२०, ३७५ एमएलको ५६० र १८० एमएलको २८० रुपैयाँ कायम गरिएको छ । देशभरका सय भन्दा बढी डिलरबाट ह्विस्की उपभोक्ता माझ पुगेको सञ्चालक  थापाले  जानकारी दिए । थापाले  भने, बजारमा उपलब्ध ह्विस्कीहरु मध्ये उपभोक्ताहरुबाट द ब्यारोन उत्कृष्ट रहेको प्रतिक्रिया आईरहेको छ ।’ यस बाहेक कम्पनीबाट उत्पादित रेगुलर ब्यारोन र ब्लुफिन जिन पनि बजारमा बिक्री भइरहेका छन् । ब्लुफिन भोड्का यही महिनाभित्र बजारमा ल्याउने तयारी पनि कम्पनीले गरेको छ । यो बाहेक २५ र ३० युपिका ब्राण्डसमेत बजारमा ल्याउने तयारीमा कम्पनी रहेको पनि बताइएको छ । कम्पनीबाट उत्पादित रेगुलर ब्यारोन र ब्लुफिन जिन पनि बजारमा बिक्री भइरहेका छन् । ब्लुफिन भोड्का यही महिनाभित्र बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ । आगामी दिनमा २५ र ३० युपिका ब्राण्डसमेत बजारमा ल्याउने तयारीमा कम्पनी रहेको बताइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...