नेपाली काँग्रेसका सुभेच्छुक संस्था द्वारा संसद विघटन विरुद्ध रामेछापमा विरोध प्रर्दशन

Written by meropradesh creator

२५ माघ २०७७, आईतवार

रामेछाप– नेपाली काँग्रेस रामेछापका १३ सुभेच्छुक संस्था द्वारा संसद विघटन विरुद्ध प्रर्दशन गरेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसका सुभेच्छुक संस्थाहरुले विरोध प्रर्दशन गरेका हुन् ।
प्रतिनिधिसभा पूर्नवहाली गर, सर्वसत्ताबाद मुर्दावाद, पेशाकर्मीलाई बनायो आहात– महामारीमा पनि दिएन राहत, वर्तमान सरकारको उपहार–महगी कुशासन भ्रष्टाचार जस्ता नारा लेखिएका प्लेकार्ड सहित नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल शिक्षक संघ रामेछाप, नेपाल प्रेस युनियन रामेछाप, नेपाल निजामती कर्मचारी युनियन रामेछाप, नेपाल निर्माण श्रमिक संघ रामेछाप, नेपाल लोकतान्त्रिक गैर सरकारी महासंघ रामेछाप, नेपाल स्थानीय तह कर्मचारी युनियन रामेछाप, नेपाल व्यटिसियन संघ रामेछाप, नेपाल होटल व्यवसायि संघ, नेपाल व्यापार श्रमिक संघ, नेपाल कृषि श्रमिक संघ, युवा श्रमिक संघ, नेपाल साँकृतक श्रमिक संघ रामेछाप लगायतका प्रमुख एवं प्रतिनिधि र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सडकमा प्रधानमन्त्रीको कदम विरुद्ध निस्केका हुन् ।
मन्थलीको वीपीचोकबाट निस्केको ¥यालीले मन्थली बजार परिक्रमा गरी नेपाल शिक्षक संघको कार्यालय नजिक पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेपाली काँग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेले नेपाल कम्युनिस्ट पार्टीको सरकारले संविधानलाई नै मिचेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम रहेको भन्दै प्रतिनिधिसभा पुनस्थापना गर्नको लागि काँग्रेसले विभिन्न आन्दोलन गर्नु परेको बताए । कोणसभामा पार्टी सभापति न्यौपानेले संविधान मिचेर गरेको कामले नेपाल कम्युनिस्ट पार्टीलाई नै सिध्याउने चेतावनी दिए ।
नेपाल ट्रेड युनियन काँग्रेस रामेछापका अध्यक्ष पुर्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष नवराज घिमिरे, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य एवं नेपाल प्रेस युनियन रामेछापका पूर्व अध्यक्ष बद्री नयाँघरे र नेपाल शिक्षक महासंघ रामेछापका महासचिब रामकृष्ण श्रेष्ठ लगायतले आफ्नो धाराण राख्दै प्रतिनिधिसभा विघटनले देशलाई फेरि अफ्टेरो बाटो तर्फ धकेलेको बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...