खानेपानीको समस्याले ३८ घरपरिवार बिस्थापित

Written by meropradesh creator

२४ माघ २०७७, शनिबार

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–७ स्थित भटौलीमा खानेपानीको समस्या भएपछि ३८ घरपरिवारको बस्ती नै विस्थापित भएको छ । गाउँवाट एक ग्रागी पानी लिनको लागि दैनीक ६ घण्टा पैदल हिडेर पनि प्रयाप्त मात्रामा पानी नपाएछि उनीहरुले पानीकै लागि गाउँ नै छाडेका हुन् ।
मन्थली नगरपालिका–७ भटौली स्थित पहरेपानी, पोखरी र टुनिबोटेका ३८ घर परिवार खानेपानीको समस्याको कारण गाउँ नै छाडेर स्थानीय भटौली खोला किनारमा बसाई सरेका हुन् । पहरेपानी, पोखरी र टुनिबोटे टोलमा रहेको ९० घरधुरी मध्ये ३८ घर परिवारले घरमा ताल्चा लगाएर खोला किनारमा बसोबास गर्न थालेका हुन् ।
गाउँमा भएको खानेपानीको मुल सुकेपछि खानेपानीको चरम अभाव व्यहोर्दै आएका त्यस गाउँका अन्य घरपरिवार पनि विस्थापीत हुने अवस्थामा रहेका छन् । बसाई सरेर वाँकी रहेका घरपरिवारका सदस्यहरुलाई अब बसाई कुन स्थानमा सर्ने हो भन्ने चिन्ताले सताएको स्थानिय शिववहादुर कार्कीले वताए ।
खानेपानी समस्याकै कारण गाउँ छोडेर खोला किनारमा झरेका स्थानियहरुलाई खोला किनारको बसाई पनि सुरक्षित नभएको बताएका छन् । भर्खरै खोला किनारमा वस्ती सरेका स्थानियहरुलाई वर्षातको भेलले सताउने चिन्ता एकातिर छदै छ भने अर्कोतिर सार्वजनिक जग्गामा अस्थायी टहरा हालेर वसेका उनीहरुलाई नगरपालिकाले हटाइ हाल्यो भने कहाँ गएर वस्ने भन्ने चिन्ताले आफुहरुलाई झनै सताएको छत्रवहादुर मुग्राती बताउँछन् ।
उनी भन्छन् अन्त जाउँ भने कतै बस्ने ठाउँ नै छैन् । जग्गा जमिन किनौ भने आफुसँग पैसा नै छैन् । कसैले तिमीहरुले दुःख पायौ भनेर जग्गा दिदैनन् । हामी जस्ता गरिव त वाँच्न नै गाह्रो हुने भयो । चुनावमा नेतालाई भोट दिएर जिताए पनि गाउँमा अहिलेसम्म पानीको वन्दोवस्त गर्न नसकेको प्रति मुग्रातीको गुनासो छ ।


खानेपानीको समस्या रहेको बस्तीका लागि बृहत खानेपानी योजना मार्फत पानी पु¥याउने योजना वडा कार्यालयले अघि सारेको भएता पनि तत्कालको लागि भने खानेपानी पु¥याउन सक्ने अवस्था नरहेको वडा नं–७ भटौलीका वडा अध्यक्ष सुदर्शन प्रसाईले जानकारी दिए । उनले भने–वडामा धेरै स्थानमा खानेपानीको चरम अभाव रहेको छ । ती वस्तीसम्म पानी पुरयाउनको लागि खानेपानी डिभिजन कार्यालय सँग समन्वय गरेर वस्तीस्तरसम्म पानी पुरयाउने योजना वडा कार्यालयले अघि सारेको पनि अध्यक्ष प्रसाईले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पालिका संख्या र सीमाना हेरफेरको तयारी, सुझाव माग्दै सरकार

पालिका संख्या र सीमाना हेरफेरको तयारी, सुझाव माग्दै सरकार

काठमाडौं । सरकारले देशभरका स्थानीय तहहरूको संख्या र सीमाना पुनरावलोकन गर्ने तयारी थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, गाभिने तथा नगर वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्डको मस्यौदा तयार पारेर...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...