प्रचार नहुँदा गुराँसेको पाँचकन्या काली भगबती मन्दीर ओझेलमा

Written by meropradesh creator

२३ माघ २०७७, शुक्रबार

रामेछाप । जिल्लाको दोरम्वा गाउँपालिका वडा नं–५ गुन्सीको गुराँसेमा रहेको पाँचकन्या काली भगवती मन्दीर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
स्थानीय गाउँलेहरुले महत्वपूर्ण पिठका रुपमा मान्दै आएको करिब पाँचसय वर्ष पुरानो सो मन्दीर धार्मिक र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ । हप्ताको मंगलवार, बिहीबार र शनिबार नियमित पूजा गरी बलिदिने गरिएको सो मन्दीरमा बोका, कुखुरा र हाँसको बलि चढाउने चलन छ । प्रत्येक वर्षको कार्तिक पूर्णिमाका दिन मगर जातिहरुले गुठी पूजागरी रातभरी डम्फु र मादल बजाएर मन्दीर परिसरमा नै जागाराम बस्ने गर्दछन् ।
त्यस्तै नेपालीहरुको महानचाड विजयादशमीको फुलपातिदेखि नवमीसम्म मन्दीर परिसर भक्तजनको पुजाआजाको लागि खुल्ला राख्ने गरिएको छ । टाढा–टाढावाट मन्दीरमा दर्शन गर्न आउने दर्शनार्थी र मन्दीरको पूजारीको लागि बस्ने ब्यवस्था नहुँदा समस्या हुँदै आएको दोरम्वा गाउँपालिका वडा नं–५ का वडा अध्यक्ष कमानसिं तामाङले जानकारी दिए ।
उनले भने– मन्दीरमा खानेपानी, शौचालय र पुजारी वस्ने भवन र मन्दीरमा टाढा–टाढाबाट पुजाआजा गर्न आउँने भक्तजनहरुलाई बस्ने भवन नहुँदा समस्या रहेको छ । स्थानियहरुले भवनको माग गरेका छन् । त्यहीँ अनुसा वडा कार्यालयले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरु भित्रयाउन सकिने भएकाले दोरम्वा गाउँपालिकासँग आवश्यक बजेट माग गरेर काम अघि वढाउन लागेको अध्यक्ष तामाङ बताउँछन् ।
दोरम्वाको पाचकन्या काली भगवती मन्दीरमा पुजा गर्न रामेछाप जिल्ला बाहेक ओखलढुगां, उदयपुर, सलार्ही, हेटौडा, सिन्धुली, दोलखा र काभ्रेपलान्चोक लगायत दर्जनौं जिल्लाबाट भक्तजनहरु आउँने गर्दछन् । मन्दीर वरीपरी सिंहराजा, सिहंरानी, इन्डराजा, इन्डरानी, बासुकी राजा, वासुकी रानी, सूर्यराजा, सूर्यरानी, बज्रराज बज्ररानी लागायत ५२ वटा देविदेवताहरुको वासस्थान रहेको मन्दीरका पुजारी खड्गबहादुर थापामगरले बताए ।
ऐतिहासिक महत्व बोकेको उक्त मन्दिरमा वि.स.१४४९ सालमा चढाएको घण्ट अहिलेसम्म रहेको छ । मनमा चिताएको कुरा पुग्ने विश्वासका साथ पहिला पहिला शासकहरु आफै मन्दीरमा आएर पुजा गर्ने गरेको स्थानीय वुढापाकाहरुको भनाई छ । मनोकांक्षा पूरा हुने विश्वासको आधारमा विदेश जाने युवा युवतिहरु र बच्चा नभएका दम्पत्तिहरु समेत सो मन्दीरमा पूजाआज गर्न आउने गर्दछ । यस मन्दीरमा पुजा गर्दा मनोकाँक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...