गाउँमै पाए जेष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सुविधा

Written by meropradesh creator

१९ माघ २०७७, सोमबार

रामेछाप । जेष्ठ नागरिकहरुलाई लक्षित गरि मन्थली नगरपालिकाले आयोजना गरेको दुई दिने एकीकृत घुम्ति शिबिरमा सातसय जेष्ठ नागरिकहरुले स्वास्थ्य सुविधा लिएका छन् ।
मन्थली नगरपालिकाले शनिवार वडा नं–११ र १२ गेलुमा गरेको ल्याव सहितको स्वास्थ्य शिविरमा जेष्ठ नागरिकहरुले सहज रुपमा सेवा पाएका छन् । शिविरको अलावा नगरपालिकाले जेष्ठ नागरिहरुलाई सहजताको लागि बैकिङ्ग खाता खोल्ने काम समेत गरिएको छ । मन्थली नगरपालिकाको स्वास्थ्य शाखाले संचालन गरेको शिविरमा वडा नं ११ गेलुमा मात्रै ४ सय ३ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन् भने ९६ जनाले ल्याव प्रविधिवाट रगत र पिसाब परिक्षण गराएका मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयालले जानकारी दिए ।
त्यस्तै शिविरमा पुगेका जेष्ठ नागरिकहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता लिन सहजताका लागि बैकिङ खाता खोल्न गाउँमा पुगेका कृषि विकास बैंकका कर्मचारीहरुले २ सय जेष्ठ नागरिकहरुको खाता खोलिदिएका छन् । यस्तै आइतवार वडा नं–१२ गेलुमा गरिएको स्वास्थ्य परिक्षणमा ६० जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका छन् भने १ सय १२ जना जेष्ठ नागरिकहरुले ल्याव प्रविधिवाट रगत र पिसाव परिक्षण गराएका छन् । उक्त गाउँका जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत दिने गरी खाता खोल्न पुगेका मेघा बैंकका कर्मचारीहरुले १ सय ३८ जना जेष्ठ नागरिहरुको खाता खोलिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

सुनापति गाउँपालिका वडा नम्बर ४ मा अवस्थित डहु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण विद्यार्थी र विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । विद्यालयले आगामी जेठ ३ गते आइतबार एक विशेष...

बेरुजुको चाङ ७ खर्ब ५५ अर्ब नाघ्यो, महालेखाको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बेरुजुको चाङ ७ खर्ब ५५ अर्ब नाघ्यो, महालेखाको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ, जेठ १ गते । मुलुकमा सरकारी बेरुजुको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ६३औँ वार्षिक प्रतिवेदनअनुसार यस वर्ष मात्रै थप ८८ अर्ब रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ । शुक्रवार राष्ट्रपति भवन शीतल...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...