प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

Written by meropradesh creator

१७ माघ २०७७, शनिबार

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल भिडन्तमा आर्मीले एपि एफ लाई ३३ रनले पराजित गर्दै उपाधि हात पारेको हो । आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको एपि एफ ४१.३ ओभरमा १७८ रनमा अलआउट भएको थियो । आर्मीले अन्तिम चार बलमा एपि एफको तीन विकेट लिँदै खेल आफ्नो पक्षमा पारेको हो ।
४१.२ ओभरमा सहाब अलामबाट कमलसिंह ऐरी २ रनमा बोल्ड भए लगत्तै अर्को बलमा अभिनास बोहरा एल बिडब्लूको धरापमा परका थिए । अघिल्लो ओभरको अन्तिम बलमा अमरसिंह रउटेला १ रनमा आउट भएका थिए ।
आर्मीका लागि आसिफ शेखले अर्धशतक प्रहार गरेका थिए । ओपनिङ ब्याट्सम्यान आसिफले ७१ बलमा ८ चौका र १ छक्काको मदतमा ६१ रन जोडेका थिए । अर्का ओपनर सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर डकआउट भएका थिए ।
शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बटुलेका थिए भने भुवन कार्की ९ रनमा आउट भएका थिए । सन्दीप जोरा २९ रनमा आउट भएपछि खेल आर्मीको पक्षमा गएको थियो ।
बलिङमा आर्मीका विक्रम शोव, जितेन्द्र मुखिया र सहाब अलामले ३(३ विकेट लिएका थिए । १ विकेट सुशन भारीको नाममा रह्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ११ रन जोडेको हो ।
आर्मीका लागि हरिबहादुर चौहानले अर्धशतक प्रहार गरेका थिए । लामो इनिङ्ग्स खेलेका उनले ५८ रनको योगदान दिए । उनले १०२ बलमा ६ चौका प्रहार गरका थिए । आर्मीका लागि ओपनिङ गरेका सुशन भारीले ३४ बल खेलेर १३ रन जोडे भने अनिल मण्डलले २१ बलमा ११ रन बटुलेका हुन ।
भीम सार्की ७ रनमा आउट भएका थिए भने रोहित पौडेलले ३० बलमा १३ रन मात्र जोड्न सकेका थिए । कप्तान विनोद भण्डारीले एपि एफका कमलसिंह ऐरीबाट एलबिडब्लूको धरापमा पर्नुअघि १६ बलमा ७ रन मात्र जोड्न सके थिए । राजेश पुलामी मगरले जोडेको २८ रन पनि आर्मीको लागि महत्वपूर्ण सावित भएको थियो । किशोर महतोको बलमा आउट हुनुअघि उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।
लोकेश बमले ९ बलमा २ छक्कासहित १५ रन प्रहार गरेका थिए भने विक्रम शोव ११ रनमा आउट भए हुन । सहाव अलामले अन्तिममा आक्रमक ब्याटिङ गर्दै नटआउट २१ रन जोडेका थिए । उनले १४ बलमा २ चौका र १ छक्कासहित नटआउट २५ रन जोडेका थिए ।
बलिङमा एपिएफका अभिनास बोहराले सबैभन्दा बढि ४ विकेट लिएका थिए । उनले १० ओभरमा २ मेडन राख्दा २५ रन मात्र खर्चिएका थिए । किशोर महतोले २ विकेट हात पारेका थिए । उनले १० ओभरमा ५३ रन खर्चिएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...

बँदेलको आक्रमणबाट लालबन्दीमा एकको मृत्यु

बँदेलको आक्रमणबाट लालबन्दीमा एकको मृत्यु

सर्लाहीको लालबन्दीमा जङ्गली बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) को बँदेलको आक्रमणबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार खेतमा...