विरोध कार्यक्रमलाई सम्बोधन गर्न तरुण दलका अध्यक्ष बस्नेत रामेछाप आउदै

Written by meropradesh creator

१७ माघ २०७७, शनिबार

रामेछाप, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत देश ब्यापी रुपमा प्रधानमन्त्री के पी वलीको कदम विरुद्ध नेपाली काँग्रेसले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न रामेछाप आउने भएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको समन्वयमा जिल्लाका विभिन्न भातृ संगठनहरुले संयुक्त रुपमा गर्न लागेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न माग १९ गते सोमबार बस्नेत रामेछाप आउने भएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको समन्वयमा जिल्लाका विभिन्न भातृ संगठनहरुले संयुक्त रुपमा गर्न लागेको विरोध कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी पनि नेपाल तरुण दल रामेछाप लाई दिइएको छ ।
शुक्रवार मन्थलीमा सम्पन्न काँग्रेसका उपलब्ध पादाधिकारीहरु र भतृ तथा सुभेच्छुक संस्थाहरुका प्रतिनिधिहरू सहितको संयुक्त बैठकले सो कार्यको जिम्मेवारी तरुण दल लाई दिने र २४ गतेको कार्यक्रमका लागि ट्रेड युनियन काँग्रेसलाई संयोजनको जिम्मेवारी दिने निर्णय गरेको नेपाली काँग्रेस रामेछापका पार्टि सभापति लवश्री न्यौपानेले जानकारी दिनुभयो ।
काँग्रेस केन्द्रीय कार्यालयले फागुन १९ गते सोमवार सवै भातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले, माघ २४ गते शनिवार शुभेच्छुक संस्थाहरुले र फागुन ३ गते सोमवार जिल्ला कार्य समितिहरुले जिल्लामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने भनि सबैतिर सर्कुलर गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

रामेछाप । तामाकोशि सेवा समिति मन्थली, मेयर ध्वज सेवा समिति रामेछाप नगरपालिका ८ भँगेरी र मारवाडी सेवा समिति काठमाडौँले रामेछापका १३ घर आगलागी पीडितलाई सहयोग गरेको छ । रामेछाप नगरपालिका–९ टारका १३ घर आगलागी पीडितहरूलाई सिरक ,ग्याँस,ग्याँस सिलिन्डर चामल लगायत विभिन्न...

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

रामेछाप । जिल्ला अस्पताल रामेछाप नेपाल भरका जिल्ला अस्पताल मध्य तेस्रो हुन सफल भएको छ ।  स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछापले ९१ प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो हुन सफल भएको छ ।  देशभर...

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बरामद अफिम नष्ट गरेको छ । प्रहरीले फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिलदेवीबाट दुई महिला सहित ७ हजार बोट लागू औषध (अफिम) बरामद गरिएको थियो । कानुनी प्रक्रिया पुरा गरी सोमबार प्रहरी परिसर भित्र नष्ट गरेको हो । सुनापती...