एक करोड ६ लाखको डिपबोरिङ्ग खानेपानी योजना अलपत्र

Written by meropradesh creator

१६ माघ २०७७, शुक्रबार

रामेछाप । रामेछाप नगरपालिकाले १ करोड ६ लाख रुपैयाँ खर्चेर खानेपानी अभाव झेल्दै आएका उपभोक्ताहरुलाई भूमिगत पानी निकालेर बितरण गर्ने योजना अघि सारेको भएता पनि उक्त योजना बजेट अभावका कारण अलपत्र परेको छ ।
रामेछाप नगरपालिकाले आफ्नो पालिकाको बजेट र बागमती प्रदेश सरकावाट आएको बजेटबाट वडा नं–६ ओख्रेनीको भालुखोपडाँडा, वडा नं–७ सुकाजोरको कालिकुवा र वडा नं–८ रामेछापको केबलेश्वरमा गरि संचालन गरिएको तीनवटै योजना बजेट अभाव हुँदा अधुरो नै रहेका छन् । सदियौ देखी परम्परागत रुपमा खादै आएका खानेपानीका मुहान सुकेपछि त्यस गाउँका नागरिकहरुले प्रयाप्त मात्रामा पानी उपभोग गर्न पाएका छैनन् ।
नगरपालिकाले तीनवटा वडाका नागरिकहरुलाई जमिन मूनिको भूमिगत पानी विद्युतीय माध्यमवाट निकालेर बितरण गर्ने योजना एकवर्ष देखी अलपत्र रहेको हो । पहाडी डाँडामा २ सय १० मिटर जमिनमूनीवाट पानी निकालिएको छ । जमिन मुनीको पानी निकालेर पनि उपभोक्ताहरुलाई वितरण गर्न सकिएको छैन् । गाउँमा भूमिगत पानी निकालेर छाडेको पनि एकवर्ष बित्यो । अझै उक्त पानी रिजर्भ ट्याङ्कीमा लगेर वितरण गर्ने काम हुननसक्दा उपभोक्ताहरु खानेपानीको अभावमा झेल्न बाध्य हुनुपरेको रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरका सुधिर कार्कीले जानकारी दिए ।
उनले भने– परम्परा देखी उपभोग गर्दै आएको सुकाजोरको कालीकुवाको पानी सुक्यो । अन्यत्र गाउँमा खानेपानीको वैकल्पीक मुहान छैनन् । गाउँमा पानी ल्याउन कित सुनकोशी नदीवाट लिफ्ट गर्नुपर्ने हुन्छ, कित सुकाजोर खोलाको पानी । हामीले अहिले जेनतेन छतिवने खोलाको पानी लिफ्ट मार्फत उपभोग गर्दै आएका छौ । त्यो पानी पनि प्रयाप्त नहुँदा उपभोक्ता मारमा छन् । गाउँमा खानेपानीको चरम समस्या छ । भएका पानीको मुहानहरु एकपछि अर्को गर्दै सुकेर गए । यस्तो पानीको हाहाकार भएको स्थानमा प्रदेश सरकार र रामेछाप नगरपालिकाको वजेटवाट जमिन मूनिको पानी निकाले पनि त्यो पानि उपभोक्ताहरुलाई वितरण गर्न नसक्दा उपभोक्ताहरु धेरै मारमा परेकाले चाडो भन्दा चाडो उक्त पानी संचालन गरेर उपभोक्तालाई पानीको लागि सहजता पुरा गर्नुपर्ने रामेछाप नगरपालिका वडा नं–६ ओख्रेनीका चक्रबहादुर तामाङले जानकारी दिए । उनले भने– पालिकाले संचालन गरेका तीनवटै योजना सम्पन्न भए ओख्रेनीको भालुखोप, सुकाजोर रामेछापको केबलश्वरका गरि करिव १ हजार ५ सय घरधुरी उपभोक्ता प्रत्यक्ष लाभान्बित हुने छन् । अहिले यी क्षेत्रमा पानीको अभाव हुँदा स्थानियहरुले घरमा पाल्दै आएका चौपाया समेत पाल्न छाडेका छन् ।

 नगरपालिकाको बजेट र बागमती प्रदेश सरकारको वजेट गरी तीनवटा भूमिगत योजना संचालन गरेको भएता पनि ती योजना बजेटको अभावका कारण पुरा गर्न सकिएको छैन । हामीले संचालन गरेका योजनाहरु कसरी सम्पन्न गर्न सकिन्छ भनेर लागि परेका छौं रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले जानकारी दिए । उनले भने– पालिकामा केन्द्र र प्रदेशबाट आउनु पर्ने वजेट कटौती भएर आयो, पालिकामा वजेट अभाव छ, रकम अभावका कारण हामीले यसवर्ष पनि सो कामलाई निरन्तरता दिन सकेनौं । आगामी वर्षसम्म जसरी भएता पनि ती तिनवटै योजनाको काम सम्पन्न गरेर उपभोक्ताहरुलाई खानेपानी खुवाउने योजनामा आफु लागि परेको प्रमुख थापामागरले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...