कुलमान घिसिङ अचानक बिद्यालयमा

Written by meropradesh creator

१४ माघ २०७७, बुधबार

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङ एका एक आफुले अध्ययन गरेको विद्यालयमा विद्यार्थीहरु माझ देखिएका छन् ।
रामेछापको सुनापती गाउँपालिका–४ बेथानको कुशेश्वर माविमा विद्यार्थीमाझ देखएका घिसिङले कक्षा ९ र १० का विद्यार्थीहरुलाई आफ्नो जिन्दगीको भोगाई र अनुभबहरु बताउका छन् । घिसिङले कुनै पनि काममा सफलता हात पार्नको लागि मानिसले मन बचन र कर्मको साथ काम गर्नु पर्ने बताए । आफुले पाएको जिम्मेवारी पूरा गर्न मन बचन र कर्मको साथ काम गरे केहि पनि कुरा असम्भव नहुने भन्दै सबैले सोहि अनुसार काम गर्नु पर्ने बिद्यार्थी हरुलाई बताए ।
घिसिङले ठूलो मानिस सबै जना हुने भन्दै असल मानिस बन्न सिक्नु पर्ने आफुले अध्यन गरेको बिद्यालयका बिद्यार्थीहरुलाई बताएका छन् । युबाहरुलाई सामाजिक सञ्जाललाई सही ढंगले सदुपयोग गर्नुपर्ने सुझाव समेत दिएका थिए । सञ्चार माध्यममा सुन्दै र पढदै आएका घिसिङ अचानक कक्षामा प्रवेश गर्दा विद्यार्थीहरु खुसी हुदै घिसिङलाई प्रश्न समेत गरेका थिए ।

लोडसेडिङ हटाएर नागकिरहरुको बीचमा लोकप्रिय बन्न सफल भएका घिसिङ अचानक आफूले अध्ययन गरेको विद्यालयको अवस्था र आगामी योजनाको बारेमा जिज्ञासा राख्न र बिद्यार्थीहरुमाझ आफ्नो अनुभब राख्न आएको देख्दा आफुलाई खुशी लागेकोे विद्यालयका प्रअ कमानसिंह तामाङले बताए ।
आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आफु भूपु विद्यार्थीको हैसियतमा सक्दो सहयोग गर्ने घिसिङले बताएको प्रअ तामाङले बताए । घिसिङले कक्षा ४ र ५ रामेछापको बेथानमा रहेको कुशेश्वर माविमा अध्यन गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...