रामेछापमा ३ मतदान स्थल थप र ७ मतदान स्थल सार्न सिफारिस

Written by meropradesh creator

१४ माघ २०७७, बुधबार

रामेछाप । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले रामेछापका तीन स्थानमा मतदान स्थल थप गर्ने साथै साबिकमा भइरहेका सात स्थानका मतदान केन्द्र सार्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक अर्जुनकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ अनुसार जिल्लामा भएका मतदान स्थल थप गर्न र मतदान केन्द्र सार्न निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापका सूचना अधिकारी गणेश थापाले जानकारी दिए ।
उनका अनुसार– मतदाता संख्या बढेका हिसाबले उमाकुण्ड गाउँपालिकाको वडा नं–१ गुम्देलको उमातिर्थ, खाँडादेवी गाउँपालिकाको वडा नं–३ भिरपानीको सामुदायिक भबन आँपचउर र मन्थली नगरपालिकाको वडा नं–३ कालिकादेवी आधारभूत विद्यालय ठूलिमदौ गरी तीनवटा मतदान स्थल थप गर्न बैठकले निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
त्यसैगरी बैठकले मन्थली नगरपालिका वडा नं–१ मा रहेको हबाई मैदान आकाशेको मतदान केन्द्र जिल्ला समन्वय समितिको प्राङ्गणमा, वडा नं–२ मा रहेको ताम्राकौशिका आधारभूत विद्यालय टेकानपुरको मतदान केन्द्र मन्थली नगरपालिका वडा नं–२ वडा कार्यालय भवनमा र मन्थली नगरपालिका वडा नं–१४ मा रहेको बौद्ध आधारभूत विद्यालय बिस्लीको मतदान केन्द्र वडा नं–१४ को वडा कार्यालयमा सार्न सिफारिस गरिएको छ ।
बैठकले रामेछाप नगरपालिका अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय च्यास्कुको मतदान केन्द्र रामेछाप नगरपालिका वडा नं–६ वडा कार्यालय भवनमा सार्न सिफारिस गरिएको छ । त्यसैगरी खाँडादेवी गाउँपालिकाको बुद्ध भबानी प्रस्तावित माध्यमिक बिद्यालयमा रहेको मतदान केन्द्रलाई खाँडादेवी गाउँपालिका वडा नं–६ माकादुमको वडा कार्यालय भवनमा र सोही गाउँपालिकाको बालबिकास केन्द्र मझुवाको मतदान केन्द्रलाई वडा नं–८ को सामुदायिक स्वास्थ्य इकाई भदौरेमा सार्न सिफारिस गरिएको छ ।
त्यसैगरी बैठकले लिखुतामाकोशी गाउँपालिका वडा नं–६ खिम्तीको नर्मदेश्वर आधारभूत विद्यालय शिबालयको मतदान केन्द्रलाई वडा नं–६ को वडा कार्यालयमा सार्न सिफारिस गरि पठाइएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । यसअघि २०७४ सालमा भएको निर्वाचनमा जिल्लाभर १ सय ९१ वटा मतदान केन्द्र रहेकोमा हाल त्यसलाई थप गरि निर्वाचन आयोगले २ सय ३ कायम गरेको छ भने मतदान स्थल ९० वटा रहेका छन् । जिल्लामा ९० वटा मतदान स्थल रहेकोमा त्यसलाई तीनवटा थप गर्न जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको वैठकले सिफारिस गरेर पठाएको जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...