रामेछापमा ९७ जनाले ज्यान गुमाए

Written by meropradesh creator

१३ माघ २०७७, मंगलवार

रामेछाप । जिल्लामा विभिन्न घटना दुर्घटनामा परि गएको एकवर्ष भित्र (२०७६ पुस देखी २०७७ पुस मसान्तसम्ममा) ९७ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापले गएको एकवर्ष भित्र भएको दुर्घटना र घटनाहरुमा परि ज्यान जानेहरुको संख्या सार्वजनिक गरेको तथ्याङ्कमा सो कुरा उल्लेख गरेको छ । प्रहरीको रेकर्ड अनुसार भिर÷रुखबाट लडेर महिला २ र पुरुष १४ जना गरि १६ जनाले अकालमा ज्यान गुमाएका छन् । त्यस्तैगरी खोला÷नदीले बगाएर महिला २ र पुरुष ५ जना गरि ७ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै करेन्ट÷आगोले जलेर पुरुष ४ जनाको ज्यान गएको छ भने कुकुरले टोकेर १ जना महिलाको ज्यान गएको प्रहरीे कार्यालयको रेकर्डमा देखिन्छ । त्यस्तैगरी सबैभन्दा बढी आत्महत्या गरि ज्यान गुमाउनेको संख्या उल्लेख्य रहेको छ । रामेछापमा एकवर्ष भित्र आत्महत्या गरी ज्यान गुमाउनेको संख्या महिला २६ र पुरुष २८ गरि कुल ५४ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी सवारी दुर्घटनामा परि महिला ३ र पुरुष ६ गरि ९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कर्तव्य गरि मारिएका १ महिला र १ पुरुष गरि २ को ज्यान गएको छ भने गर्भपतन गरि १ बालकको ज्यान गएको छ भने बेबारिसे अवस्थामा ३ पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्लामा धेरै मात्रामा आत्महत्या गर्नेको संख्या अत्याधिक मात्रामा रहेकाले यसलाई न्युनीकरण गर्न स्थानिय निकायहरुसँगको समन्वयमा विभिन्न सचेतिकरणका कार्यक्रमहरु संचालन गर्ने गरि योजना अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...