पहिलो चरणमा रामेछापबाट कोरोना विरुद्धको खोप लगाउनेहरुको नाम छनोट

Written by meropradesh creator

१२ माघ २०७७, सोमबार

रामेछाप । पहिलो चरणमा रामेछापबाट कोरोना विरुद्धको खोप लगाउन १ हजार ३ सय ७६ जनाको नाम छनोट गरी नामावली पठाइएको छ । रामेछापमा पहिलो चरणमा १ हजार ३ सय ७६ जनाकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।
स्वाथ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लाभरबाट ५ सय ५४ जना सरकारी सेवामा खटिएका स्वास्थ्यकर्मी,७० जना प्राभेट स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र ७ सय ५२ जना महिला स्वास्थ्य स्वयमसेविकाको नामावली पठाइएको बताए । त्यसैगरी ३५ जना एम्बुलेन्सका चालक ,४५ जना तीनवटै निकायका सुरक्षाकर्मी, रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको फोहोर व्यवस्थापनमा खटिएका २१ जना सरसफाईकर्मीको नाम पठाइएको जनस्वास्थ्य अधिकृत थापाले बताए । दुई नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वटा वडा रहेको जिल्लाबाट एक हजार ३ सय ७६ जनालाई खोप लगाउन उनीहरुको नामावली पठाइएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
कोरोना विरुद्धको खोप लगाउनका लागि जिल्लामा एउटामात्रै खोप केन्द्र व्यवस्थापन गर्न केन्द्रले निर्देशन दिएपनि एकमात्रै केन्द्रबाट खोप लगाउन सम्भव नहुने भएकाले जिल्लाभर चारवटा खोप केन्द्र माग गरिएको जनस्वास्थ्य अधिकृत थापाको भनाई छ । उहाँका अनुसार उमाकुण्ड गाउँपालिकाको बाम्ती प्राथमिक अस्पताल, मन्थली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र , स्वास्थ्य कार्यालय रामेछाप र दोरम्बा गाउँपालिकाको दोरम्बा प्राथमिक अस्पताललाई खोप केन्द्र बनाउन माग गरिएको बताए । उनको अनुसार प्रत्येक खोप केन्द्रमा व्यवस्थित तवरले खोप लगाउनका लागि भ्याक्सिनेशन फोकल पर्सन एकजना,एइएफआई फोकल पर्सन गरी जम्मा दुईजना स्वास्थ्यकर्मी खटाइने छ । सवै खोपकेन्द्रमा भ्याक्सिनेशन फोकल पर्सनले खोप लगाउन आउनेहरुलाई आवश्यक परामर्श र व्यवस्थापन मिलाउनेछ भने एइएफआई फोकल पर्सनले खोप प्रयोपछि हुनसक्ने स्वास्थ्य समस्याको निगरानी तथा उपचार गर्नेछ । सरकारले माघ १४ गते ७७ वटै जिल्लाको १ सय २० खोप केन्द्र र ६२ वटा अस्पतालवाट कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गर्दै छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिएका चिकित्सक, सरसफाईकर्मी, स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूलाई खोप लगाइदै छ । पहिलो चरणमा ४ लाख ३० हजार जनसंख्यालाई खोप दिने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । माघ १८ गते भित्र ३ सय खोप केन्द्रवाट खोप लगाउन शुरु गरी १० दिन भित्र सक्ने मन्त्रालयले जनाएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...