कार्यकारी प्रमुख बन्न पर्यटन बोर्डमा १६ जनाको दाबी

२१ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्। बोर्डको कार्यकारी प्रमुख बन्न पूर्वमन्त्री श्रद्धा श्रेष्ठसहित १६ जनाले दाबेदारी प्रस्तुत गरेका छन्।

नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार प्राप्त आवेदन र उम्मेदवारहरूको मूल्याङ्कनका आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरेको हो।

बोर्डको छनोट उपसमितिले सार्वजनिक गरेको सूचीमा पूर्वमन्त्री श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), आशुतोष प्रधान र उत्तम प्रसाद देवकोटा (चितवन), टेकबहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी र राजाराम केसी (काठमाडौँ) रहेका छन्।

त्यस्तै, रामचन्द्र सेढाई (गोरखा), रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रीप्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौँ), सुरेश सिंह बुढाल (बैतडी) र हिममत सिंह ऐर (कञ्चनपुर) पनि संक्षिप्त सूचीमा परेका छन्।

संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूले आगामी मंसिर १० गते बिहान ८ः१५ बजे व्यावसायिक प्रस्तुतीकरणमा सहभागी हुनुपर्नेछ। प्रस्तुतीकरणका क्रममा उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी सम्पूर्ण आवश्यक कागजातसहित नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुनुपर्ने बोर्डले जनाएको छ।

कार्यकारी प्रमुख पदका लागि प्राप्त आवेदनको मूल्याङ्कनपछि १६ जना उम्मेदवार छनोट गरिएको हो। अब व्यावसायिक प्रस्तुतीकरण तथा छनोट प्रक्रियाका आगामी चरण पूरा भएपछि बोर्डको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गरिनेछ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदलाई पर्यटन क्षेत्रको नीति, प्रवर्द्धन र व्यवस्थापनसँग जोडेर महत्त्वपूर्ण रूपमा हेरिने भएकाले यसपटकको छनोट प्रक्रियालाई पर्यटन क्षेत्रले चासोका साथ हेरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...