रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–११ को वडा इकाई सभापतिमा कारसाङ घिसिङ सर्वसम्मत निर्वाचित भएका छन् । असोज ३ गते सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट घिसिङ सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
वडा तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउने जिम्मेवारीसहित घिसिङलाई सभापतिको जिम्मेवारी दिइएको हो । यसअघि उनले नेपाली कांग्रेस मन्थली–११ को वडा इकाईमा कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
पार्टीको संगठन निर्माण तथा वडा तहका गतिविधिमा सक्रिय रहँदै आएका घिसिङलाई सर्वसम्मत सभापति चयन गरिएको कांग्रेस कार्यकर्ताले बताएका छन् । सभापतिमा निर्वाचित भएपछि घिसिङले वडा तहमा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई वडा तहसम्म प्रभावकारी रूपमा पुर्याउँदै स्थानीय नागरिकका समस्या र आवश्यकतालाई पार्टीको माध्यमबाट सम्बन्धित निकायसम्म पुर्याउने बताएका छन् ।
वडा अधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन भएसँगै मन्थली–११ मा नेपाली कांग्रेसको संगठनात्मक गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।










