प्रतिनिधिसभा बिघटन गरेर ओलीले अपराध गरे– श्रेष्ठ

Written by meropradesh creator

१२ माघ २०७७, सोमबार

रामेछाप । कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेर अपराध गरेको नेकपा रामेछापका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठले बताएका छन् ।
सो कुरा उनले सोमवार मन्थली नगरपालिका वडा नं–११ गेलुमा पूनर्निमार्ण भएको सुविधा सम्पन्न मनकामना माध्यमिक विद्यालयको आधुनिक पक्की भवन एक कार्यक्रमको बिच उद्घाटन गर्ने क्रममा बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा पूर्नस्थापना हुनुपर्ने र आगामी दुईवर्ष पछि मात्रै निर्वाचन गराउनु पर्ने हुन्छ । अहिलेको अवस्थामा कुनै पनि राजनितिक दलहरु निर्वाचनमा सहभागी हुने अवस्था छैन् । त्यसैले सडकवाटै आफ्नो पार्टीले प्रतिनिधिसभा पुर्नस्थापना गरेरै छाड्ने श्रेष्ठले जनाएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरि अहिलेको संघियता र गणतन्त्र नै धरापमा पारेको भन्दै यदी संघियता र गणतन्त्र गयो भने राजनितिक दलका नेताहरुको राजनिति गर्ने स्थान नै समाप्त हुने भन्दै यसलाई बचाउन सवै नागरिकहरु लाग्नु पर्ने सदस्य श्रेष्ठले जानकारी दिए । उनले भने– गाउँका नागरिकहरु पहिला कालोपत्रे सडक हेर्न शहर पुग्नु पर्ने वाध्यता थियो । त्यो अहिले गाउँमै देख्न सकिन्छ, विद्युतीकरण नभएको स्थानमा विद्युतीकरण भएर झिलिमिली भएको भन्दै आफ्नो कार्यकालमा धेरै विकास गाउँमा गरेको बताए ।
२०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पवाट क्षतिग्रस्त भएको सो विद्यालय नेपाल सरकार पूनर्निमार्ण प्राधिकरण द्धारा पून निमार्ण सम्पन्न भएपछि उक्त विद्यालय भवन एक समारोहका विच रामेछापका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र सभासद तारानारायण श्रेष्ठको विशेष आतिथ्यतामा उद्घाटन सँगै विद्यालयलाई हस्तान्तरण गरिएको छ ।


गेलुको मनकामना माध्ययमिक विद्यालय पूनर्निमार्णको लागि कुल ८ करोड ३ लाख ८३ हजार ३५ रुपैयाँको लागतमा निमार्ण सम्पन्न गर्ने गरि शर्मा खानी जेभीले निमार्ण कार्यको जिम्वेवारी पाएका थिए । निमार्ण सम्पन्न भएको तीन तले पक्की भवनमा सुविधा सम्पन्न कक्षा कोठा, खानेपानी, छात्राछात्रको लागि छुट्टा–छुट्टै शौचालय, पुस्तकालय, खेलमैदान, वगैँचा, भान्सा घर लगाएतका कोठाहरु निमार्ण भएका छन् ।
पूनर्निमार्ण सम्पन्न भएको आधुनिक भवन हस्तान्तरण कार्यक्रम मनकामना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमवहादुर थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिका वडा नं–११ का वडा अध्यक्ष भिमवहादुर मगर, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख निर्मल घिमिरे, मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथाेकी र नेपाल पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष रमेश ढुगेल लगाएतका वक्ताहरुले समेत आ–आफ्नो धारणा राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...