बैंकिङ कसुर (चेक अनादर) तथा ठगी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनलाई महोत्तरीबाट नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार साहलाई गएराति पक्राउ गरिएको हो । काठमाडौँको गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्ने क्रममा साहले दिएको चेक अनादर भएपछि उनीविरुद्ध ठगीको उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनलाई जिल्ला बाहिरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका साहलाई कानुनी कारबाही र थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।









