कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म बढ्ने: न्यूनतम ३५ हजार बनाउन सुझाव

१४ जेष्ठ २०८३, बिहीबार

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब कम्तीमा १५ देखि अधिकतम ३० प्रतिशतसम्म बढाउने तयारी गरेको छ । लगातार तीन वर्षदेखि तलब वृद्धि नभएको र निजामती सेवा ऐनमा प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेकाले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार यसपटक तलब बढाउने दबाबमा छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा प्रस्तुत गर्ने बजेट भाषणमा तलब वृद्धिको घोषणा हुनेछ, जुन आगामी साउन १ गतेदेखि लागू हुनेछ ।

मुख्यसचिव सुमनराज अर्यालको संयोजकत्वमा गठित तलबभत्ता पुनरावलोकन समितिले सरकारी कर्मचारीको न्यूनतम तलब ३५ हजार र अधिकतम १ लाख २१ हजार रुपैयाँ कायम गर्न सुझाव दिएको छ । ट्रेड युनियन खारेजी र नतिजामुखी कामको कडा निर्देशनका बीच कर्मचारीलाई प्रोत्साहित गर्न सरकारले यो कदम चाल्न लागेको हो ।

यसअघि आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशत तलब बढाएका थिए भने गत वर्ष विष्णु पौडेलले २ हजार रुपैयाँ महँगी भत्ता मात्र थपेका थिए । हाल मुख्यसचिवको तलब ७७ हजार २११ रुपैयाँ र कार्यालय सहयोगीको २७ हजार ६१२ रुपैयाँ रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मन्थली माविकी छात्रा रिस्ता कार्की द्वितीय

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मन्थली माविकी छात्रा रिस्ता कार्की द्वितीय

१८ औँ गणतन्त्र दिवस २०८३ को अवसरमा आयोजित बागमती प्रदेश स्तरीय खुला निबन्ध लेखन प्रतियोगितामा रामेछापको मन्थली माध्यमिक विद्यालयकी छात्रा रिस्ता कार्कीले द्वितीय स्थान हासिल गर्नुभएको छ। बागमती प्रदेश सरकार, शिक्षा विकास निर्देशनालयद्वारा “गणतन्त्र स्थापनाको १८ वर्ष:...

लिखु तामाकोशीमा तेस्रो वडा अध्यक्ष कप भलिबल सुरु, ५ टिमबीच प्रतिस्पर्धा

लिखु तामाकोशीमा तेस्रो वडा अध्यक्ष कप भलिबल सुरु, ५ टिमबीच प्रतिस्पर्धा

लिखु तामाकोशी गाउँपालिका ५ नागदहमा आजदेखि तेस्रो वडा अध्यक्ष कप अन्तर्गत पुरुष वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयको आयोजना तथा बुद्धजनप्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको...

लिखु तामाकोशीमा सात दिने ‘डेरी उद्यमी तालिम’ सुरु, व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

लिखु तामाकोशीमा सात दिने ‘डेरी उद्यमी तालिम’ सुरु, व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

लिखु तामाकोशी गाउँपालिकामा दुग्ध व्यवसायी तथा कृषकहरूका लागि सात दिने ‘डेरी उद्यमी तालिम’ बिहीबारदेखि सुरु भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको प्रदेश ससर्त कार्यक्रम अन्तर्गत ‘दुध तथा दुग्धजन्य पदार्थको मूल्य श्रृङ्खला विकास कार्यक्रम’ मार्फत पशुपन्छी विकास शाखाले...