जेनजी आन्दोलनमा मानव अधिकार उल्लंघन भएको आयोगको ठहर, ओलीसहित तीन जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

१३ जेष्ठ २०८३, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा राज्य पक्षबाट मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध मुद्दा दायर गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले जेनजी आन्दोलनमा भएको घटनाको अध्ययन तथा छानबिनपछि तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्दै संविधानको धारा २४९ को उपधारा २ (ग) अनुसार उनीहरुविरुद्ध कानुनी कारबाही अघि बढाउन सिफारिस गरेको हो। उक्त व्यवस्थामा मानव अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाविरुद्ध कानुनबमोजिम अदालतमा मुद्दा दायर गर्न सिफारिस गर्न सकिने उल्लेख छ।

आयोगले अनुसन्धान समितिबाट प्राप्त प्रतिवेदन, संकलित प्रमाण तथा घटनासम्बन्धी विवरणको विश्लेषणपछि तीनै जना मानव अधिकार उल्लंघनमा जिम्मेवार देखिएको निष्कर्ष निकालेको जनाएको छ। आयोगले नेपालको संविधान र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ अनुसार सरकारलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

प्रतिवेदनमा हाल प्रचलित कानुनमा यस्ता प्रकृतिका घटनामा पर्याप्त दण्ड व्यवस्थाको अभाव रहेको उल्लेख गर्दै सर्वोच्च अदालतबाट स्थापित नजिरका आधारमा नयाँ कानुन निर्माण गरी कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिइएको छ। अधिवक्ता माधव बस्नेत विरुद्ध नेपाल सरकार भएको मुद्दामा सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तलाई आधार मान्दै आयोगले पश्चात्यदर्शी कानुन निर्माण गरेर दोषीलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएको छ।

आयोगले सरकारलाई सात बुँदे विशेष सुझावसमेत दिएको छ। सिफारिसअनुसार मानव अधिकार उल्लंघनमा दोषी ठहर भएका व्यक्तिलाई बढीमा छ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना अथवा दुवै सजायको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, दोषी ठहर भएका व्यक्तिलाई कम्तीमा पाँच वर्षसम्म कुनै पनि राजनीतिक नियुक्ति वा निर्वाचनमा उम्मेदवार बन्न नपाउने तथा तीन वर्षसम्म प्रशासनिक जिम्मेवारी सम्हाल्न नपाउने व्यवस्था गर्न आयोगले सुझाव दिएको छ। विदेश भ्रमणमा तीन वर्षसम्म प्रतिबन्ध लगाउने र यस्ता मुद्दाको छिटो सुनुवाइका लागि विशेष अदालत गठन गर्नुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ।

आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध मानव अधिकार उल्लंघनको मुद्दा दर्ता भएलगत्तै स्वतः निलम्बन हुने कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। गम्भीर प्रकृतिका उल्लंघनबाहेकका घटनामा भने पीडितसँग सार्वजनिक रूपमा क्षमायाचना र उचित क्षतिपूर्ति प्रदान गरे अदालतको स्वीकृतिमा सजाय माफी दिन सकिने व्यवस्था गर्न पनि आयोगले सिफारिस गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जेन्जी आन्दोलनमा आदेशविपरीत गोली चलेको आयोगको निष्कर्ष

जेन्जी आन्दोलनमा आदेशविपरीत गोली चलेको आयोगको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा निषेधित क्षेत्रमा आदेशविपरीत धातुको गोली चलाइएको निष्कर्ष निकालेको छ। आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित अनुसन्धान समितिले सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलन नियन्त्रणका क्रममा...

जेनजी आन्दोलनका बेला सेनाको सहयोग नपाएको आयोगको निष्कर्ष

जेनजी आन्दोलनका बेला सेनाको सहयोग नपाएको आयोगको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारले नेपाली सेनाको प्रभावकारी सहयोग नपाएको निष्कर्ष सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलन हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले सेनाको सहयोग मागे पनि व्यवहारमा अपेक्षित...

जेन–जी आन्दोलन प्रकरणमा पूर्वगृहमन्त्री गुरुङसहितमाथि थप अनुसन्धान सिफारिस

जेन–जी आन्दोलन प्रकरणमा पूर्वगृहमन्त्री गुरुङसहितमाथि थप अनुसन्धान सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्वगृहमन्त्री सुधन गुरुङसम्ममाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिले भदौ २३ र २४ गते भएको...