लिखु तामाकोशीमा चिलाउने तामाङ समाजको बर्चस्व: ‘अध्यक्ष/उपाध्यक्ष कप’ को उपाधि कब्जा

२७ बैशाख २०८३, आईतवार

लिखु तामाकोशी गाउँपालिकामा वैशाख २४ गतेदेखि सुरु भएको ‘अध्यक्ष/उपाध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८३’ आइतबार भव्यताका साथ सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ लिखु तामाकोशी गाउँपालिका खेलकुद विकास समिति, धोबीले आयोजना गरेको यस प्रतियोगिताको उपाधि चिलाउने तामाङ समाजले हात पारेको छ।

झट्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको अन्तिम खेल शनिबार नै सम्पन्न हुनुपर्ने तालिका रहे तापनि वर्षाका कारण प्रभावित भएपछि आज आइतबार बिहान फाइनल खेल खेलाइएको थियो। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा मुगिखोला युवा क्लबलाई हराउँदै चिलाउने तामाङ समाजले प्रथम स्थान हासिल गर्न सफल भएको हो।

प्रतियोगितामा प्रथम हुने चिलाउने तामाङ समाजले नगद २ लाख ५० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेको छ। त्यस्तै, द्वितीय स्थानमा चित्त बुझाएको मुगिखोला युवा क्लबले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ। प्रतियोगितामा उज्यालो नेपाल पार्टीले तेस्रो स्थान हासिल गर्दै १ लाख रुपैयाँ प्राप्त गर्‍यो भने मन्थली अप्टिकल ग्लास हाउसले सान्त्वना स्थान प्राप्त गरी ५० हजार रुपैयाँ पुरस्कार जितेको छ।

खेलकुदको विकास र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताका लागि टिम दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको थियो। वैशाख २६ गतेसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता मौसमको प्रतिकुलताका कारण एक दिन ढिला गरी सम्पन्न भए पनि खेल प्रेमीहरूको उत्साहजनक सहभागिता रहेको आयोजक समितिले जनाएको छ। स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्न यस प्रतियोगिताले ठुलो सहयोग पुर्‍याएको विश्वास लिइएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...