खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

२२ बैशाख २०८३, मंगलवार

 रामेछाप । बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा अहिले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।

 काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

संभावित वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने निर्णय भएको प्रजिअ अधिकारीले बताए। निर्माणाधीन बिपी राजमार्गको २८ किलोमिटरभन्दा लामो खण्ड रोशीखोलासँग जोडिएको छ। २०८१ असोज १०–१२ को वर्षापछि रोशी खोलामा आएको भेलबाढीले बिपी राजमार्ग क्षतविक्षत बनाएको थियो

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लिखु तामाकोशीमा अध्यक्ष/उपाध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

लिखु तामाकोशीमा अध्यक्ष/उपाध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा आगामी वैशाख २४ गतेदेखि ‘अध्यक्ष/उपाध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ । लिखु तामाकोशी गाउँपालिका खेलकुद विकास समिति, धोबीको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।...

सल्यान प्रहरी कार्यालयको भवन निर्माणका लागि जग खन्दा ८६ थान बम र विस्फोटक पदार्थ फेला

सल्यान प्रहरी कार्यालयको भवन निर्माणका लागि जग खन्दा ८६ थान बम र विस्फोटक पदार्थ फेला

सल्यानमा जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा ठुलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित कार्यालय परिसरमा उत्खनन गर्दा ८२ थान सकेट बम, तीन थान सुतली बम र एउटा बोतल बम गरी जम्मा ८६ थान बम फेला परेका हुन्।...

नोबेल मेडिकल कलेजमा बिरामीको मृत्युपछि आफन्तद्वारा प्रदर्शन: चिकित्सकमाथि लापरबाहीको आरोप

नोबेल मेडिकल कलेजमा बिरामीको मृत्युपछि आफन्तद्वारा प्रदर्शन: चिकित्सकमाथि लापरबाहीको आरोप

नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मोरङ कानेपोखरीका ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ। मृगौलाको पत्थरी निकाल्न वैशाख १७ गते भर्ना भएका भण्डारीको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भएको भनिए पनि...