मन्थली नगर कप भलिबल प्रतियोगिता सम्पन्न: पुरुषतर्फ चिसापानी र महिलातर्फ भटौलीले जिते उपाधि

७ बैशाख २०८३, सोमबार

मन्थली नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको चौथो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल तथा दोस्रो मन्थली नगर कप महिला भलिबल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ । मन्थली माविको खेलमैदानमा चार दिनसम्म चलेको उक्त प्रतियोगितामा विभिन्न वडाहरूका टिमले उत्साहजनक सहभागिता जनाएका थिए ।

प्रतियोगिताको पुरुषतर्फ मन्थली नगरपालिका वडा नं ८ चिसापानीले प्रथम स्थान हासिल गर्दै उपाधि चुम्न सफल भएको छ । चिसापानीले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी वडा नं। ७ भटौलीले द्वितीय स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ, वडा नं। ११ नाटिलाले तृतीय स्थान प्राप्त गर्दै ५० हजार रुपैयाँ र वडा नं। १ मन्थलीले सान्त्वना स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यता महिलातर्फको प्रतिस्पर्धामा वडा नं। ७ भटौलीले प्रथम स्थान हात पार्दै नगद ५० हजार रुपैयाँसहित शिल्ड र मेडल जितेको छ । प्रतियोगितामा वडा नं। ८ चिसापानी द्वितीय हुँदै ४० हजार, वडा नं। १ मन्थली तृतीय हुँदै ३० हजार र वडा नं। १३ फुलासीले सान्त्वना स्थान प्राप्त गर्दै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको समापन समारोहमा बोल्दै नगरप्रमुख लब श्रेष्ठले खेलकुदको माध्यमबाट नगरलाई देशव्यापी रुपमा परिचित गराउन र समृद्ध मन्थलीको आकांक्षालाई टेवा पुर्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । उहाँले अन्य क्षेत्रसँगै खेलकुदको विकास र लगानीमा नगरको कुनै कमी नराखेको बताउँदै यस्ता प्रतियोगिताहरुले खेलाडी उत्पादनमा सघाउ पुग्ने बताउनु भयो । त्यसैगरी नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिले नगरको खेल क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नु भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...