समृद्ध मन्थली नगर’ को लक्ष्यमा नगरपालिका: यस्तो छ हालसम्मको वित्तीय र भौतिक प्रगति

२७ चैत्र २०८२, शुक्रबार

मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष २०८२÷०८३ को हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला समन्वय समिति रामेछापसँगको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले आफ्नो वित्तीय तथा भौतिक प्रगतिको अवस्था प्रस्तुत गरेको हो।
प्रस्तुत तथ्याङ्क अनुसार संघिय सरकार र प्रदेश सरकार अनुदान तथा आन्तरिक श्रोत र गत वर्षको मौज्दात गरी कुल विनियोजित बजेट १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ रहेकोमा हालसम्म ४२ करोड ७१ लाख ९३ हजार रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ४०.८१ प्रतिशत हो। कुल खर्च मध्ये चालु तर्फ ४९.८८ प्रतिशत र पुँजीगत तर्फ २०.०६ प्रतिशत प्रगति भएको देखिएको छ।
क्षेत्रगत रूपमा हेर्दा सामाजिक विकास क्षेत्रमा ४७.७४ प्रतिशत खर्च भएको छ, भने पूर्वाधार विकासमा २३.९१ प्रतिशत र आर्थिक विकास क्षेत्रमा १२.४२ प्रतिशत मात्र खर्च भएको छ। सुशासन तथा संस्थागत क्षमता विकासमा ३५.४२ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ५९.३७ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
राजस्व तर्फ नगरपालिकाले ४ करोड २३ लाख ५५ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ३ करोड २१ लाख १४ हजार ३९२ रुपैयाँ संकलन गरिसकेको छ।
योजना कार्यान्वयनको अवस्था हेर्दा उपभोक्ता समितिमार्फत सञ्चालन भएका २८८ योजना मध्ये १५४ वटा सम्पन्न भइसकेका छन् भने ठेक्का प्रक्रियाबाट सञ्चालित २९ योजना मध्ये ११ वटा सम्पन्न भएका छन्। नगरपालिकाले “शिक्षित, स्वस्थ, व्यावसायिक सहरः उत्थानशील र समृद्ध मन्थली नगर“ भन्ने नाराका साथ आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...