समृद्ध मन्थली नगर’ को लक्ष्यमा नगरपालिका: यस्तो छ हालसम्मको वित्तीय र भौतिक प्रगति

२७ चैत्र २०८२, शुक्रबार

मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष २०८२÷०८३ को हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला समन्वय समिति रामेछापसँगको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले आफ्नो वित्तीय तथा भौतिक प्रगतिको अवस्था प्रस्तुत गरेको हो।
प्रस्तुत तथ्याङ्क अनुसार संघिय सरकार र प्रदेश सरकार अनुदान तथा आन्तरिक श्रोत र गत वर्षको मौज्दात गरी कुल विनियोजित बजेट १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ रहेकोमा हालसम्म ४२ करोड ७१ लाख ९३ हजार रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ४०.८१ प्रतिशत हो। कुल खर्च मध्ये चालु तर्फ ४९.८८ प्रतिशत र पुँजीगत तर्फ २०.०६ प्रतिशत प्रगति भएको देखिएको छ।
क्षेत्रगत रूपमा हेर्दा सामाजिक विकास क्षेत्रमा ४७.७४ प्रतिशत खर्च भएको छ, भने पूर्वाधार विकासमा २३.९१ प्रतिशत र आर्थिक विकास क्षेत्रमा १२.४२ प्रतिशत मात्र खर्च भएको छ। सुशासन तथा संस्थागत क्षमता विकासमा ३५.४२ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ५९.३७ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
राजस्व तर्फ नगरपालिकाले ४ करोड २३ लाख ५५ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ३ करोड २१ लाख १४ हजार ३९२ रुपैयाँ संकलन गरिसकेको छ।
योजना कार्यान्वयनको अवस्था हेर्दा उपभोक्ता समितिमार्फत सञ्चालन भएका २८८ योजना मध्ये १५४ वटा सम्पन्न भइसकेका छन् भने ठेक्का प्रक्रियाबाट सञ्चालित २९ योजना मध्ये ११ वटा सम्पन्न भएका छन्। नगरपालिकाले “शिक्षित, स्वस्थ, व्यावसायिक सहरः उत्थानशील र समृद्ध मन्थली नगर“ भन्ने नाराका साथ आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...