ओली पक्राउपछि देशभर एमालेको विरोध प्रदर्शन सुरु

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले देशभर विरोध प्रदर्शन सुरु गरेको छ। जेनजी आन्दोलनको जाँचबुझका लागि गठन गरिएको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयपछि विकसित घटनाक्रमले मुलुकको राजनीतिक वातावरण थप तातिएको छ।

सरकारले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ प्रक्रिया अघि बढाइएको बताइएको छ। सोही निर्णयपछि शनिबार बिहान उनीहरू पक्राउ परेपछि एमाले आक्रोशित बनेको हो।

पक्राउको विरोधमा एमालेले देशव्यापी रूपमा विरोध प्रदर्शन सुरु गरेको छ। पार्टीले विभिन्न जिल्लामा आफ्ना कार्यकर्तालाई सडकमा उतार्दै सरकारको निर्णयको विरोधमा नाराबाजी तथा प्रदर्शन गरिरहेको जनाएको छ। काठमाडौं उपत्यकासहित प्रमुख शहरहरूमा एमाले समर्थकहरू सडकमा उत्रिएका छन्।

राजधानी काठमाडौंको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय नजिकै पनि कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले टायर बाल्दै र कार्की आयोगको प्रतिवेदनको प्रतिलिपि जलाउँदै विरोध जनाएका थिए। उक्त क्षेत्रमा प्रहरी उपस्थिति न्यून देखिएको स्थानीयहरूले बताएका छन्।

प्रदर्शनका क्रममा केही एमाले कार्यकर्ताले सञ्चारकर्मीप्रति आक्रोश व्यक्त गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको घटनासमेत सार्वजनिक भएको छ। उनीहरूले पत्रकारलाई लक्षित गर्दै “देश जल्दा कहाँ थियौ ? अहिले किन खिच्या ? ब्याक हौ” जस्ता अभिव्यक्ति दिएका थिए, जसले थप विवाद सिर्जना गरेको छ।

जेनजी आन्दोलनको जाँचबुझका लागि गठन गरिएको आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै राजनीतिक दलहरूबीच मतभेद चर्किएको छ। सरकारको निर्णयलाई एक पक्षले न्यायको प्रक्रिया भनेको छ भने एमालेले यसलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आएको छ।

एमालेले पूर्व प्रधानमन्त्री ओलीको पक्राउपछि स्थिति गम्भीर बन्दै गएको भन्दै देशभर संगठित विरोध प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ। पार्टीका नेताहरूले कार्यकर्तालाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न आह्वान गरे पनि सडकमा देखिएको आक्रोशले वातावरण तनावपूर्ण बनेको छ।

यस घटनाक्रमले मुलुकको राजनीतिक परिस्थिति फेरि एक पटक अस्थिरतातर्फ उन्मुख भएको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ। सरकार र प्रमुख विपक्षी दलबीचको टकराव बढ्दै जाँदा आगामी दिनमा आन्दोलन अझै चर्किने संकेत देखिएको छ।

हाल देशका विभिन्न स्थानमा प्रदर्शन जारी रहेको र सुरक्षा निकायले स्थिति नियन्त्रणमा राख्न निगरानी बढाएको जनाइएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...