काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सभापति थापाले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको असामयिक निधनको खबरले आफू मर्माहत बनेको उल्लेख गरेका हुन्।
थापाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले पनि श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। उनके सुक्रबार बिहान गठ्ठाघर स्थित एक अस्पतालमा निधन भएके छ ।









