नेपाली कांग्रेस रामेछापका नेता तथा बागमती प्रदेश कार्यसमिति सदस्य जीतबहादुर मगरलाई मातृशोक परेको छ। रामेछापको सुनापती गाउँपालिका वडा नं. २, दिमीपोखरी निवासी नेता मगरकी ममतामयी माता चन्द्रकुमारी मगरको ८९ वर्षको उमेरमा निधन भएको हो।काठमाडौंस्थित हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा उपचार गराइरहनुभएकी चन्द्रकुमारीको मंगलबार बिहान ११:२२ निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।चन्द्रकुमारीको निधनले सिंगो परिवारसँगै दिमीपोखरी गाउँ शोकमग्न बनेको छ। यस दुःखद घडीमा स्थानीय बासिन्दा, इष्टमित्र, नेपाली कांग्रेसको सिंगो पार्टी पंक्ति एवं विभिन्न शुभचिन्तकहरूले दिवंगत माताको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









