रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

२३ फाल्गुन २०८२, शनिबार

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६ स्थानमा जित हासिल गरिसकेको छ।

यस परिणामले लामो समयदेखि राजनीति गर्दै आएका परम्परागत दलहरूलाई चुनौती दिएको देखिन्छ। नेपाली कांग्रेस हालसम्म ६ सिट जितेर दोस्रो स्थानमा सीमित भएको छ।

प्राप्त विवरणअनुसार कांग्रेसका तर्फबाट डोटी–१ मा भरतबहादुर खड्काले १४,८९७ मतान्तरले विजय हासिल गरेका छन्। दैलेख–१ मा बासना थापा १२,३७२ मतान्तरले विजयी भएका छन् भने तेह्रथुम–१ मा सन्तोष सुब्बाले ११,५६१ मतान्तरले जित निकालेका छन्।

यसैगरी रसुवा–१ मा मोहन आचार्य १०,६५६ मतान्तरले विजयी बनेका छन्। मुस्ताङ–१ मा योगेश गौचन थकालीले ३,३०७ मतान्तरले जीत हात पारेका छन् भने मनाङ–१ मा टेकबहादुर गुरुङ २,४१५ मतले विजयी भएका छन्।

हालसम्मको मतगणनाले रास्वपालाई थप बलियो बनाइरहेको देखिन्छ। पार्टीले ८४ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। नेपाली कांग्रेसले १० स्थानमा अग्रता बनाएको छ भने नेकपा एमालेले २ सिट जित्नुका साथै ९ स्थानमा अग्रता लिइरहेको छ। त्यसैगरी नेकपाले २ सिट जित्दै १० स्थानमा अग्रता कायम गरेको छ।

यसबीच झापा–५ मा रोचक प्रतिस्पर्धा देखिएको छ। उक्त क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा झन्डै ३५ हजार मतले अग्रता बनाएका छन्।

हालसम्मको मतपरिणामले रास्वपालाई राष्ट्रिय राजनीतिमा बलियो शक्तिका रूपमा उभ्याएको देखिन्छ। यसले परम्परागत दलहरूको प्रभावमा चुनौती खडा गर्दै नयाँ राजनीतिक शक्तिप्रति जनताको आकर्षण बढिरहेको संकेत दिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...