जेन–जी अभियन्ता मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। उनी सर्लाही–४ मा पार्टी सभापति गगन थापाको उपस्थितिमा पार्टी प्रवेश गर्ने तयारीमा छन्।
गत भदौ २३ को जेन–जी आन्दोलनका लागि अनुमति लिएका ढुंगाना भने कार्यक्रममा सहभागी भएका थिएनन् र घुसपैठको आरोप लगाउँदै युवाहरूलाई घर फर्कन आह्वान गरेका थिए। आन्दोलनपछि नयाँ दल खोल्ने चर्चा भए पनि अन्ततः उनले कांग्रेस रोजेका छन्।









