डा. बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखामा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ। गोरखाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ काँग्रेसलाई सघाउने र समानुपातिकतर्फ आफ्नै चुनाव चिन्हमा मतदान गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष नारायण खत्रीले बताए।
उनका अनुसार हालका लागि काँग्रेससँग नै सहकार्य हुने मौखिक सहमति भइसकेको छ। स्मरण रहोस्, २०७४ सालको निर्वाचनमा काँग्रेससँग तालमेल गर्दै डा. भट्टराई गोरखा–२ बाट विजयी भएका थिए।









