प्रशासनले बजार अनुगमनलाई कडाई गर्ने

Written by meropradesh creator

८ माघ २०७७, बिहीबार

रामेछाप । जिल्ला प्रशासन कार्यालय बजार अनुगमन समितिले रामेछापका बजार अनुगमन ब्यवस्थापनलाई थप कडाई गर्ने जनाएको छ ।
चालु आर्थिकवर्षमा जिल्ला बजार अनुगमन समितिले गरेको कामको समिक्षा गर्दै आगामी दिनमा गर्ने बजार अनुगमनका सम्बन्धमा बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको कार्यकक्षमा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा बजार अनुगमनका नाममा यसअघि भए गरेका कामको समिक्षा र त्यसबाट आम उपभोक्ताहरुका पक्षमा भए गरेका गतिबिधिका बारेमा पनि छलफल भएको थियो । जिल्ला अनुगमन समितिले विगतमा भए गरेका कमजोरीलाई सुधार गर्दे बजार अनुगमनको पाटोलाई थप ब्यवस्थापन गर्दै लैजाने भएको छ ।
उपभोक्ताको जीवन र स्वास्थसंँग प्रत्यक्ष जोडिएको बजार अनुगमन प्रणालीलाई हामिले जिल्लाका सवै पालीकाहरु संगको सहकार्यमा पालीका स्तरका बजार केन्द्र सम्म सहकार्य गर्न लागि परेकाले अभियानमा सहयोग पुर्याउन प्रशासनले सवैपक्षसँग आग्रह गरेको हो ।
बैठकले यसका लागि पहिलो चरणमा रामेछाप उद्योग बाणिज्य संघ सँग सहकार्य गरि सदरमुकाम मन्थली र सवै स्थानिय निकायहरुसँग समेतको सहकार्यमा अनुशिक्षण कार्य संचालन गर्ने निर्णय गरेको छ । जस अन्र्तगत बजारमा राखिएका सामानको खरीद तथा विक्रि मुल्य र म्याद नागैका खाद्यन्न लगाएतका सामाग्रिको अवस्थाका बारेमा समेत अनुगमन गरी आबश्यकताका आधारमा कार्वाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
बजार अनुगमन समितिका अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमनलाई प्रभावकारी बनाउने सन्दर्भलाइ आफुले ईमान्दारीताका साथ पालना गर्ने जनाएका छन् । बैठकमा नेपाल पत्रकार महासंघ बाग्मति प्रदेशका सदस्य बद्री नयाँघरे, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशबप्रसाद घिमिरे, कोषतथा लेखा नियन्त्रक, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधी लगायतले जिल्लाका बजार अनुगमन प्रणाली र सुधारका पक्षलाई सबल बनाउनु पर्नै कुरामा जोड दिएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...