देशमा सुनिने र बोलिने सांसद बन्ने प्रवलको प्रतिबद्धता

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार प्रवल थापाले देशमा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता जनाएका छन् ।
आफ्नो निर्वाचन क्षत्रका मतदाताहरूसँगको संवादमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

आफूलाई ‘माटोसँग जोडिएको प्रतिनिधि’का रूपमा प्रस्तुत गरेका थापाले राष्ट्रिय तहमा लोकतन्त्र, सुशासन र राजनीति सुधार पारदर्शिता र जवाफदेहिता प्रबर्धन गर्दै संसदमा सुनिने र बोलिने सांसद बन्ने थापाको दाबी छ ।

राष्ट्रिय राजनीतिमा अपेक्षाकृत नयाँ अनुहार भए पनि स्थानीय जनजीवनसँगको निकटता, पार्टी संगठनमा लामो सक्रियता र समुदायमा निरन्तर उपस्थिति आफ्नो पहिचान भएको उनले बताए ।

संघीय सांसदको भूमिका नीति निर्माणसमेत रहने हुँदा आफूले उद्यमशीलता र स्थायित्व कायम गर्ने सन्दर्भमा नेतृत्वदायी भूमिका निर्माण गर्ने बताए । ‘काठमाडौं क्षेत्र नं. १ सिंगो देशको दर्पण हो’ उनले भने, ‘यो निर्वाचन क्षेत्र ७७ जिल्लाका मानिस र देश विदेशका आँखा पर्ने भएकाले यहाँको विकास र गतिविधिसँग राष्ट्रिय परिचयसमेत जोडिने छ । तीनै तहका सरकारसँगको सहकार्य र समन्वयमा विकास योजना लागू गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि मैले काम गर्नेछु ।’

यस क्षेत्रलाई राष्ट्रिय नमूना विकास मोडल बनाउने लक्ष्य राखेका थापाले बताए । अन्तर्राष्ट्रिय विमानस्थल र पूर्वी नेपालको प्रवेशद्वार भएकाले यस क्षेत्रको रणनीतिक महत्वलाई ध्यानमा राखेर विशेष योजना ल्याउने एजेण्डा समेत उनले अघि सारेका छन् ।

थापाले आफ्नो क्षेत्रमा वैज्ञानिक ट्राफिक व्यवस्थापन र पार्किङ प्रणालीलाई क्षेत्र केन्द्रित एजेन्डामा समेटेका छन् । त्यस्तै व्यावसायिक सुरक्षा र सुरक्षित आवास क्षेत्र, स्थानीय उद्यमशीलता प्रवद्र्धन (स्टार्टअप, साना व्यवसाय) भित्री बस्तीमा सडक, पैदल मार्ग र सार्वजनिक यातायातको कनेक्टिभिटी, शहरको सौन्दर्यकरण, हरियाली र सम्पदा संरक्षण तथा सुकुम्बासी समस्याको वैज्ञानिक र न्यायोचित समाधानलाई अगाडि सारेका छन् ।

आफ्नो चुनावी घोषणापत्रमा अर्थतन्त्र जोगाउन व्यवसायमैत्री वातावरण, व्यवस्थित शैक्षिक हब निर्माण, स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन र ढल निकासका कार्यक्रमलाई उनले जोड दिएका छन् । सहरी गरिबी न्यूनीकरणका लागि विशेष कार्यक्रम, सीप विकास, स्वरोजगार प्रवद्र्धन तथा सेवा, पर्यटन र हस्पिटालिटी क्षेत्रको विकासलाई उनले प्राथमिकता दिएका छन् ।

थापाको उपस्थितिले कांग्रेसको विरासत जोगाउन सहज भएको स्थानीय नेता कार्यकर्ताहरूको भनाइ छ । डेढ दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका थापा नेविसंघ र तरुण दल हुँदै पार्टीको विभिन्न तहमा काम गरेका नेता हुन् ।

उनले नेविसंघको क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, तरुण दल केन्द्रीय सदस्य, नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस केन्द्रीय समिति तरुण विभाग सदस्य, महासमिति सदस्य महाधिवेशन प्रतिनिधिलगायत भूमिकामा काम गरिसकेका छन् ।

उनले पार्टीको तल्लो कमिटी र विद्यार्थी संगठनदेखि नै सक्रिय रहेकाले आफू नेपाली कांग्रेसको नर्सरीमा हुर्किएको र माटोलाई बुझेको उम्मेदवार रहेको बताए ।

अष्ट्रेलियाबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका थापा हाल पारिवारिक हस्पिटालिटी व्यवसाय, सामाजिक काम र राजनीतिमा समानान्तर रूपमा सक्रिय छन् । उनले आफू ‘भाइरल राजनीति’भन्दा ‘ग्राउन्ड राजनीति’मा विश्वास गर्ने बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापका स्थानीय तह आगामी वर्षको बजेट निर्माणको अन्तिम तयारीमा

रामेछापका स्थानीय तह आगामी वर्षको बजेट निर्माणको अन्तिम तयारीमा

रामेछाप जिल्लाका आठ वटै स्थानीय तह आगामी आर्थिक वर्ष २०८३८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणको अन्तिम तयारीमा जुटेका छन् । सङ्घीय र बागमती प्रदेश सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेको पृष्ठभूमिमा यहाँका दुई नगरपालिका र छ गाउँपालिका आगामी आवको बजेटलाई पूर्णता दिन...

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछापको सुनापतीमा आधुनिक उपकरण वितरण

रामेछाप– परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरान व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सुनापती गाउँपालिका–३ नम्बर वडा कार्यालयले स्थानीय व्यवसायीलाई प्रविधि भित्र्याएको छ । वडाभित्र लामो समयदेखि पुरानै शैलीमा फलामका औजार निर्माण गरिरहेका छ जना आरान व्यवसायीलाई लक्षित...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...