संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय बोर्डको औपचारिक बैठक बसेर निर्णय नभएकाले नाम सार्वजनिक गर्न नमिल्ने अवस्था रहेको छ। उनका अनुसार रणनीतिक महत्वका केही सिट बाहेक अधिकांश स्थानमा उम्मेदवार तय भइसकेका छन्।

“केही उम्मेदवारहरूले टिकटसमेत लगेर गइसकेका छन्, तर संसदीय बोर्डको बैठक बसेर औपचारिक निर्णय गर्न बाँकी रहेकाले सार्वजनिक गर्न मिलेको छैन,” प्रवक्ता चालिसेले बताए।

उनका अनुसार शीर्ष तहका नेताहरू प्रतिस्पर्धा गर्ने तथा रणनीतिक महत्वका करिब २०–२२ सिटमा सन्तुलन मिलाउन बाँकी रहेकाले ती सिटहरू मंगलबार बिहानसम्म टुंग्याउने प्रयास भइरहेको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद सुमना श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचन लड्ने तयारीमा रहेको चर्चाबारे प्रतिक्रिया दिँदै प्रवक्ता चालिसेले संसदीय बोर्डको निर्णय नआएसम्म औपचारिक रूपमा केही भन्न नमिल्ने बताए। यद्यपि कांग्रेसले केही नयाँ निर्णय गर्न लागेको संकेत उनले दिएका छन्।

स्रोतका अनुसार कांग्रेसले सुमना श्रेष्ठलाई काठमाडौं क्षेत्र नं. १ वा ४ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको छ। त्यस्तै, जेन–जी अभियन्ता रक्षा बमसँग पनि उम्मेदवारीको विषयमा छलफल भइरहेको बताइएको छ।

संसदीय बोर्डको बैठक बस्न नसक्दा कांग्रेसको उम्मेदवार चयन प्रक्रिया केही ढिलाइ भएको देखिए पनि बैठकपछि सबै निर्णय सार्वजनिक गरिने पार्टीले जनाएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...