कृषि उपज संकलन केन्द्र बन्द हुँदा किसान मारमा

Written by meropradesh creator

६ माघ २०७७, मंगलवार

रामेछाप । रामेछाप नगरपालिका वडा नं–८ भालुखोपमा रहेको कृषि उपज संकलन केन्द्रको भवन व्यवस्थापन समितिको लार्पवाहीले बन्द हुँदा किसानहरु मारमा परेका छन् ।
रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, भालुखोप लगाएतका स्थानका किसानहरुले उत्पादन गरेको तरकारी, फलफूल, गेडागुँडी, जुनार, सुन्तला लगाएतका कृषि उपजहरु संकलन गर्नको लागि चार वर्षअघि निमार्ण गरिएको कृषि उपज संकलन केन्द्रको भवन बेवारिसे अवस्थामा पुगेको हो । कृषि समितिमा रहेका पदाधिकारीहरुले खासै चासो नदिएका कारण समस्या उत्पन्न भएको हो ।
किसानहरुले उत्पादन गरेको कृषि जन्य उत्पादन वजारसम्म पुर्याउन समस्या भएपछि उत्पादित वस्तुहरु एकठाउँमा जम्मा पार्ने र सवारीसाधन मार्फत वजारकेन्द्रसम्म पुर्याउन सहज हुने भन्दै किसानहरुले संकलन केन्द्रको माग गरेका थिए । किसानहरुको मागको आधारमा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार मार्फत संञ्चालित तत्कालिन गरिवीनिवारण कोष मार्फत ६ लाख ९६ हजार ६ सय २१ रुपैयाँ, स्थानिय जुनार जुस उद्योग संचालनको २४ लाख ५४ हजार रुपैयाँ र स्थानिय जनश्रमदान १ लाख ५० हजार गरि कुल ३३ लाख ६ सय २१ रुपैयाँको लागतमा उक्त भवन निमार्ण भएको थियो ।
भवन निमार्णपछि केही समयसम्म किसानहरुले उत्पादन गरेको कृषि उपज त्यस केन्द्रमा जम्मा गर्ने गर्दथे । सबै किसानहरुले आफ्नो वारीमा उत्पादन गरेको कृषि सामाग्रीहरु त्यस संकलन केन्द्रमा जम्मा गर्ने र त्यहीँवाट यातायातका साधनहरु मार्फत पुरानो सदरमुकाम रामेछाप वजार, मन्थली वजारसम्म विक्रीको लागि लैजाने गर्दथे । अहिले त्यो अवस्था रहेन् । कृषि उपज संकलन केन्द्रको नाममा गठित समितिका पदाधिकारीको वेवास्ताका कारण अहिले किसानहरुले आफुले उत्पादन गरेको कृषि उपज सिधै आफैले वजारसम्म लैजाने गरेका छन् ।
किसानले उत्पादन गरेको वस्तु त्यस भवनमा नल्याई सिधै वजारसम्म लैजाने गर्दा उक्त भवन अहिले वेवारिसे जस्तै वनेको हो । किसानहरुले भवन निमार्ण भएपछि त्यस भवनमा उत्पादीत वस्तु संकलन गर्ने र वजारसम्म लैजाने धोको अधुरै रहेको रामेछाप नगरपालिका वडा नं–७ का किसान लालवहादुर तामाङ्गले बताए । उनले भने– समितिमा वस्ने पदाधिकारीको चरम लापर्वाहीका कारण सामान्य किसानहरुले भवनको सही तरीकाले उपभोग गर्न पाएनन् ।
कृषि उपज संकलन केन्द्रको भवन अहिले ताल्चा लगाएर राखिएको छ । भवनको पछाडीको भागमा बटुवा र गाईवस्तु चराउने गोठालाहरुलाई अहिले शौच गर्ने थलोको रुपमा उक्त भवन प्रयोगमा ल्याइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

नेपाल एपीएफ क्लबकी प्रभावशाली खेलाडी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टोलीको नेतृत्व सम्हाल्ने उहाँ छैटौँ कप्तान बन्नुभएको हो । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल...

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका छ जना स्कुले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुभएको छ । सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थापाले निःशुल्क अध्ययनको...

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

सुनापति गाउँपालिका वडा नम्बर ४ मा अवस्थित डहु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण विद्यार्थी र विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । विद्यालयले आगामी जेठ ३ गते आइतबार एक विशेष...