नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बसेको बैठकले गरेका निर्णयहरू

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते काठमाडौँको नयाँ बानेश्वरमा सम्पन्न बैठकले पार्टीको आन्तरिक राजनीति र भावी निर्वाचन केन्द्रित स्पष्ट राजनीतिक मार्गचित्र सार्वजनिक गरेको छ। बैठकले दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको निर्णयलाई स्वागत गर्दै यसलाई विधान, विधि र लोकतान्त्रिक अभ्यासको विजयका रूपमा व्याख्या गरेको छ।

केन्द्रीय समितिले यस प्रक्रियालाई कुनै व्यक्ति वा समूहको जित–हारको विषय नभई नेपाली कांग्रेसको संस्थागत लोकतन्त्रको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेको छ। विशेष महाधिवेशनमार्फत भएको परिवर्तनमा भूमिका निर्वाह गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगीप्रति बैठकले हार्दिक आभार व्यक्त गरेको छ।

बैठकले वर्तमान समयलाई नेपाली कांग्रेसका लागि एकता, सद्भाव र सहकार्यको निर्णायक घडीका रूपमा चित्रण गरेको छ। देश तथा विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका पार्टी समितिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ आउँदो फागुन २१ गते हुने निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिएको छ।

त्यसैगरी, विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहनु भएका तथा कुनै समय पार्टी छाड्नु भएका नेता, कार्यकर्ता र समर्थकहरूलाई पुनः नेपाली कांग्रेसमा जोडिन बैठकले हार्दिकतापूर्वक आह्वान गरेको छ। कांग्रेस सबैका लागि खुला, समावेशी र लोकतान्त्रिक पार्टी भएको सन्देश दिँदै विगतका असहमति र दूरीलाई भुलेर साझा लक्ष्यका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवा लगायत नेपाली कांग्रेसको नेतृत्वमा रहँदै लामो समयदेखि पार्टी, लोकतन्त्र र संविधानको पक्षमा योगदान पुर्‍याएका नेताहरूको भूमिकाको उच्च कदर गरेको छ। साथै, आगामी दिनमा पनि श्रद्धेय नेताहरूको अभिभावकीय भूमिका रहने विश्वास व्यक्त गरिएको छ।

राजनीतिक दृष्टिले महत्वपूर्ण निर्णयस्वरूप नेपाली कांग्रेसले आम नेपाली नागरिकप्रति आफ्नो अटल प्रतिबद्धता पुनः दोहोर्‍याएको छ। अब कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने स्पष्ट अडान सार्वजनिक गर्दै पार्टी सधैं मूल्य, मान्यता र सिद्धान्तमा अडिग रहने जनाएको छ। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने, नवयुवा पुस्ताको आकांक्षा र जनताको अपेक्षा साकार पार्ने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ।

केन्द्रीय कार्यसमितिले यो समयलाई नेपाली कांग्रेसका लागि रुपान्तरण, एकता र विजयको नयाँ अध्यायको सुरुआतका रूपमा चित्रण गर्दै समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिन सबैमा अपिल गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...