अग्रज नेताहरूको अभिभावकत्व निरन्तर रहने कांग्रेसको विश्वास

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र अग्रज नेताहरूको अभिभावकत्व आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरेको छ । शनिबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको एकता, सद्भाव र सहकार्यलाई सुदृढ बनाउँदै अघि बढ्न अग्रज नेताहरूको भूमिका अझै महत्वपूर्ण रहने निष्कर्ष निकालेको हो ।

बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवालगायत वरिष्ठ नेताहरूले पार्टीलाई दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार पार्टीलाई विभिन्न राजनीतिक उतारचढावबाट सुरक्षित राख्न अग्रज नेताहरूको अनुभव, मार्गदर्शन र अभिभावकत्व आगामी दिनमा पनि आवश्यक रहने बैठकको ठहर छ ।

प्रवक्ता चालिसेले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आन्तरिक मतभेदलाई संवाद र सहकार्यका माध्यमबाट समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कांग्रेस विभाजित नभएको र अब पार्टीभित्र अनावश्यक विवादको ठाउँ नरहेको उनको भनाइ थियो ।

बैठकले पार्टीलाई आगामी निर्वाचनका लागि पूर्ण रूपमा केन्द्रित गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि संगठन सुदृढीकरण, कार्यकर्ताको मनोबल उच्च राख्ने र सबै पक्षलाई समेटेर अघि बढ्ने रणनीति तय गरिएको प्रवक्ता चालिसेले बताए ।

उनका अनुसार आगामी निर्वाचनका लागि टिकट वितरणको प्रक्रिया पार्टीको विधानअनुसार संसदीय बोर्डमार्फत अघि बढाइनेछ । निर्वाचन आयोगबाट कांग्रेसले आधिकारिकता प्राप्त गरिसकेकाले अब पार्टीभित्र भिन्न मत राखेर अन्योल सिर्जना गर्न आवश्यक नरहेको बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अग्रज नेताहरूको अनुभव र नयाँ नेतृत्वको ऊर्जालाई संयोजन गर्दै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...