विशेष महाधिवेशन वैधानिक ठहर गर्दै कांग्रेसले आयोगसँग माग्यो मान्यता

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले उक्त महाधिवेशन विधानसम्मत र वैधानिक भएको ठहर गर्दै निर्वाचन आयोगसँग औपचारिक मान्यता माग गरेको छ ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचन आयोग पुगेर पार्टी विधानको व्यवस्था स्पष्ट पारेका हुन् । उनीहरूले कांग्रेस विधानको धारा १७ को उपधारा (२) अनुसार विशेष महाधिवेशन अनिवार्य र बाध्यकारी व्यवस्था भएको दाबी गरेका छन् ।

उपसभापति शर्माले विधानअनुसार ५४ दशमलब ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष अवस्था देखाउँदै विशेष महाधिवेशन माग गरेको तर तत्कालीन केन्द्रीय कार्यसमितिले प्रतिनिधिको सार्वभौम अधिकार प्रयोग गर्न नदिएपछि दुई महामन्त्रीले विधानकै प्रावधान प्रयोग गरी विशेष महाधिवेशन आह्वान गरिएको जानकारी दिए । सोही अनुसार पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन सम्पन्न भई पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन भएको उनले बताए ।

उनका अनुसार विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ, जसलाई विधानसम्मत प्रक्रिया अनुसार मान्यता दिनु निर्वाचन आयोगको दायित्व हुने उल्लेख गरिएको छ ।

यसै क्रममा अर्का उपसभापति पुष्पा भुसालले पनि निर्वाचन आयोगका पदाधिकारीहरूलाई विशेष महाधिवेशन पार्टी विधानले दिएको अधिकार प्रयोग गरी बोलाइएको स्पष्ट पारिन् । उनले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण शीघ्र अद्यावधिक गरी औपचारिक मान्यता प्रदान गर्न आग्रह गरिन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन सम्पूर्ण रूपमा वैधानिक, विधिसम्मत र महाधिवेशन प्रतिनिधिको सार्वभौम अधिकारको प्रयोग भएको भन्दै आयोगबाट सकारात्मक निर्णयको अपेक्षा गरेको जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...