नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

काठमाडौं । लामो तानातान र आन्तरिक विवादपछि नेपाली कांग्रेस अन्तत ः पुस महिनामै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सिंगापुर उपचारबाट फर्किएपछि असन्तुष्ट नेताहरूसँग गरिएको निरन्तर छलफलले पार्टीको विवादित महाधिवेशन कार्यतालिका सर्वसम्मत पारित भएको हो ।
सिंगो कार्यसमितिको बैठकले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । देउवाले संस्थापन र संस्थापनइतर नेताहरूबीच देखिँदै आएको रस्साकस्सीलाई अन्त्य गर्दै सहमतिबाटै कार्यतालिका पारित गर्ने निर्देशन दिएपछि ‘नियमित वा विशेष’ भन्ने विवाद टुंगिएको छ ।
जेनजी आन्दोलन (भदौ २३–२४) पछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा पार्टीभित्र नियमित महाधिवेशनको माग सशक्त रूपमा उठ्दै आएको थियो । तर संस्थापनपक्षले आगामी फागुनमा हुने प्रतिनिधिसभा उपनिर्वाचनअघि महाधिवेशन गर्न नसकिने दाबी गर्दै विकल्पस्वरूप वैशाखमा गर्ने प्रस्ताव अघि सारेका थिए ।
यता, संस्थापनइतर पक्षले भने विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान नै सञ्चालन गर्यो । कांग्रेस विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान अनुसार १४ औँ महाधिवेशनका झन्डै ५५ प्रतिशत प्रतिनिधिले असोज २८ मा केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेका थिए । पुस २८ भित्र विशेष महाधिवेशन अनिवार्य गर्ने कानुनी दबाबका कारण पार्टीमा ‘विशेष’ वा ‘नियमित’ दुवै विकल्पलाई लिएर ठूलो द्वन्द्व चलिरहेको थियो ।
विशेष महाधिवेशनले पार्टी विभाजनको खतरा बढाउने भन्दै कार्यबाहक सभापति पुर्ण बहादुर खड्का लगायत नेताहरू सहमतिमै नियमित महाधिवेशन तर्फ जानुपर्नेमा जोड दिँदै आएका थिए । यही क्रममा सिंगापुरबाट फर्केपछि देउवाले असन्तुष्ट नेताहरूसँग पटक–पटक वार्ता गर्दै अन्ततः पुस अन्तिममा नियमित महाधिवेशन गर्न सबैलाई राजी गराएका हुन् ।
कांग्रेस कार्यसमितिको विस्तारित बैठकले दुई महिनाको म्याद थप गर्दै महाधिवेशन तयारीलाई औपचारिक रूपमा अगाडि बढाइसकेको छ । अब पुस २६ देखि २८ सम्म चल्ने यस महाधिवेशनले नेतृत्व, योजना तथा आगामी राजनीतिक रणनीतिका आधार तय गर्ने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेसको आन्तरिक द्वन्द्वलाई सहमतिमै समाधान गर्दै नियमित महाधिवेशनतर्फ उन्मुख हुनु पार्टी एकताको दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...