ओलीलाई संविधान र गणतन्त्र नचाहिएको ःनेता श्रेष्ठको भनाई

Written by meropradesh creator

६ माघ २०७७, मंगलवार

प्रतिनिधी सभा सदस्य तथा नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेको संविधान नै नचाहिएको बताएका छन् ।
दोरम्बा हत्याकाण्डका सहीदहरुलाई स्मरण गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेको संविधान र गणतन्त्र नचाहिएको बताएका हुन् । नेता श्रेष्ठले नेकपालाई गत निर्वाचनमा दुई तिहाई बहुमत दिदा पनि अहिले प्रतिनिधिसभा विघटन गर्ने कदमले ओलीलाई संविधान र गणतन्त्र नचाहिएको पुष्टि भएको बताएको हुन् ।ओलीलाई अहिलेको संविधान,गणतन्त्र समावेशी समानुपातिक लोकतन्त्र केही पनि नचाहिएको नेता श्रेष्ठले दाबी गरे । उनले भने,‘दुई तिहाई मत दिएर जनताले पठाए, अहिले अर्को नौटकी गरेर संसद घिवटन गरेर चुनावको घोषणा गरे त्यस कारण पनी प्रधानमन्त्री ओलीलाई केहि नचाहेको पुष्टि भएको बताएका छन् ।
तीन लालको जिल्ला रामेछापले पार्टीलाई विधि र पद्दतीमा चलाउन चाहेको बताउदै नेता श्रेष्ठले अराजक ढंगले पार्टी चल्न नसक्ने बताएका हुन । पार्टीले ओलीलाई आशा भरोसा र अपेक्षा गरेरै प्रधानमन्त्री बनाएको बताउदै उनले संसद विघटन गरेर अहिले ओलीले जनताको चाहनामाथि प्रहार गरेको बताएका हुन । भएको दुई तिहाई बहुमतको दुरुपयोग गरेर अहिले पुनः दुई तिहाई चाहिएको भन्दै चुनावको घोषणा गर्ने प्रधानमन्त्री ओलीले नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त अहिलेको उपलब्धि माथि नै धावा बालेको बताएका छन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...