मुख्यमन्त्री बानियाँले विपन्न दलित महिलालाई बनाइदिए नयाँ घर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निर्वाचित क्षेत्रका विपन्न नागरिकलाई आफ्नो सेवा सुविधाबाट प्राप्त रकम प्रयोग गरी घर निर्माण गरिदिने प्रतिवद्धता पूरा गरेका छन्।

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेकी एकल दलित महिला मिठुमाया सुनारका लागि निर्माण गरिएको तीन कोठे घर आइतबार एक समारोहका बीच मुख्यमन्त्री बानियाँले हस्तान्तरण गरेका हुन्।

गत साउनमा मुख्यमन्त्री बनेपछि बानियाँले राज्यका सेवा सुविधा नलिने र सो रकमबाट विपन्न परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरेका थिए। कुल ७ लाख रुपैयाँ अनुमानित लागतमा बनेको उक्त घर निर्माणमा बानियाँले व्यक्तिगत रूपमा ४ लाख ६५ हजार रुपैयाँ लगानी गरेका हुन्। पिल्लर हालेर ब्लकको पर्खाल र जस्ताको छानाले बनेको घरमा शौचालयसमेत निर्माण गरिएको छ।

घर निर्माणमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले श्रमदान र नगद सहयोग गरेका थिए। घर निर्माण संयोजनकर्ता तथा काँग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश वर्तौलाका अनुसार सो घर दलित, एकल र विपन्न महिलाको जीवनस्तर सुधार्ने उद्देश्यले निर्माण गरिएको हो।

घर हस्तान्तरण समारोहमा मुख्यमन्त्री बानियाँले मिठुमाया सुनारलाई आय–आर्जनका लागि २० हजार रुपैयाँ नगद सहयोगसमेत हस्तान्तरण गरे। गरिबीका कारण केही वर्षअघि पतिले आत्महत्या गरेपछि सुनारको परिवार बिचल्लीमा परेको थियो। उनी ६ जनाको परिवारसहित झुप्रो घरमा बस्दै आएकी थिइन्।

मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले घर निर्माणका लागि सिफारिस गरेका थिए।

मुख्यमन्त्री बानियाँले मकवानपुर क्षेत्र नम्बर २ ९ख० अन्तर्गत अन्य दुई विपन्न नागरिकका लागि पनि व्यक्तिगत खर्चमै घर निर्माण गराइरहेका छन्। राक्सिराङ गाउँपालिका–१ इन्द्रुङ्गका सुमनसिं चेपाङको घर निर्माण अन्तिम चरणमा पुगेको र कात्तिकभित्र हस्तान्तरण गरिने तयारी भएको छ। यस्तै कैलाश गाउँपालिका–४ धुस्राङका लालकुमार प्रजा चेपाङको घर पनि निर्माणाधीन अवस्थामा रहेको छ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले आफूले राजनीति मानवीय सेवाका लागि गरेको बताउँदै भने, “सरकारी र व्यक्तिगत तह दुवैतर्फबाट विपन्न र गरिब जनतालाई माथि उकास्ने दिशामा काम गर्ने मेरो संकल्प हो।”

उनले बागमती प्रदेशका एक हजार विपन्न परिवारका लागि घर निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए। उनका अनुसार प्रति घर ५ लाख रुपैयाँ लागतमा घर निर्माण र प्रत्येक परिवारका लागि आयमूलक कार्यक्रमका लागि थप २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिए एक हजार परिवारले आवास र रोजगारी दुबै पाउनेछन्।

घर हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, वडाध्यक्ष राजकुमार श्रेष्ठलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...