मन्थली -रामेछापको खाँडादेवी गाउँपालिकाको बजारमा व्यापारी व्यवसायीहरुलाई उपभोक्ता हित प्रति सचेत गराउन शनिबार अनुगमन गरिएको छ । चाडपर्वमा हुन सक्ने उपभोक्ता हित विपरितको कार्यलाई निरुत्साहित तथा नियन्त्रण गर्न जिल्ला बजार अनुगमन समितिको टोलीले अनुगमन गरेको हो । प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजराज शर्माले खाँडादेवी मन्दिर आसपास, खाँडादेवी गाउँपालिकाको कार्यालय आसपास र सित्खा बजारका होटल तथा पसलहरूमा अनुगमन गरिएको बताउनु भयो । उहाँका अनुसार अनुगमनका कुहिएको नरिवल, म्याद गुज्रेको मैदा र गुणस्तरीय मापदण्ड पूरा नगरेका चिउरा जफत गरी नष्ट गरेको को छ। यसरी नियम र उपभोक्ता विपरितका व्यापार व्यवसायलाई सुधार गर्न निर्देशन दिइएको छ । केही पसल तथा होटलमा अबैध मदिरा बिक्री गरेको पाइएकोले कारबाहीको चेतावनी दिइएको सहयाक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो । स्वच्छ, गुणस्तर र व्यवस्थित बजार निर्माणका लागि अनुगमन समिति सक्रिय भएको उहाँको भनाइ छ ।उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले बजारको व्यापार व्यवसायलाई सुधार गर्दै उपभोक्ता मैत्री बनाउन अनुगमन अपरिहार्य रहेको बताउनु भयो । अनुगमनले कुनैपनि वस्तु तथा सेवाको मुल्य र गुणस्तरमा ठगिनबाट ऊपभोक्ता निकै जोगिने नेपाल पत्रकार महासंघ रामेछापका सह–सचिव कुमार श्रेष्ठले बताउनु भयो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









