रामेछापको लिखु तामाकोशी गाउँपालिकाले चालु आव २०८२/०८३ को पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ । पालिकाले बैंककिङ प्रणाली मार्फत सात वटै वडाका लाभग्राहीलाई २१ गतेदेखि भत्ता वितरण सुरु गरेको हो ।
पालिकाका तीन हजार भन्दा बढी लाभग्राहीलाई कार्तिक १ गतेसम्म भत्ता वितरण गर्ने पालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।
दशैँ अगावै भत्ता वितरण गर्न प्राविधिक कारणले सम्भव नभएपछि दशैँ सक्किए लगतै भत्ता वितरण सुरु गरिएको पञ्जीकरण शाखाकी फिल्ड सहायक सुमित्रा बस्नेतले बताउनु भयो ।
उहाँले प्रत्येक वडाका लाभग्राहीका लागि मिति र बैँक तोकिएकोले पायक पर्ने बैँकमा गई आ-आफ्नो परिचयपत्र तथा आवश्यक कागजात देखाई तोकिएको समयमै भत्ता लिन आग्रह गर्नु भयो । उहाँका अनुसार वडा नम्बर १ देखि ५ सम्मका लाभग्राहीहरुलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैँक, लिखु शाखा धोवी बजार, वडा नं. ६ का लाभग्राहीलाई नेपाल बैँक, खिम्ति बेसी शाखा र वडा नं. ७ का लाभग्राहीलाई लक्ष्मी सनराइज बैँक लिमिटेड, मन्थली शाखबाट तोकिएको मितिमा भत्ता वितरण हुने छ
हेर्नुस भत्ता वितरणको कार्यतालिका










