मन्थली -जिल्लावासीको चर्को दबाबपछि रामेछाप- काठमाडौँ हवाई उडान सुरु हुने भएको छ । बिपि राजमार्ग बन्द भएसँगै काठमाडौँ जान आउनको लागि हवाई सेवा सुचारु गर्न जिल्लावासीले निरन्तर दबाब दिएसँगै समिट, सिता र तारा एयरले उडान भर्ने भएका हुन् । नागरिक उड्डयन कार्यालय रामेछापका अनुसार बुधबार समिट, शुक्रबार सिता र शनिबार तारा एयरले उडान सुरु गर्ने भएका छन् । हवाइ उडान सुरु भएपछि जिल्लावासीलाई केही मिनेटमै काठमाडौ जान आउन सजिलो हुने छ । तीन बर्षदेखि यो सेवा बन्द थियो । तर विमानस्थल घेर्ने सम्मका आन्दोलनको चेतावनी आएसँगै कार्यालयले विमान उडाउने निर्णय गरेको हो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









