रामेछाप बिमानस्थलको सेवाबाट जिल्लावासी नै बञ्चित ! युवा क्लबले गरायो ध्यानाकर्षण

२१ आश्विन २०८२, मंगलवार

शान्तिदिप युवा क्लबले तीन बर्षदेखि स्थगित रामेछापवासीका लागि काठमाडौँ- रामेछाप हवाइ उडान पुन: सुरु गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।स्थानीयलाई लक्षित गरी हवाई उडान नहुँदा समस्या भोग्नु परेकोले तत्काल सुरु गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारी समक्ष क्लबले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा रामेछाप विमानस्थलबाट स्थानीयले काठमाडौँ जानआउनको लागि हवाइ सेवा प्राप्त गर्न नसकेको बारे पटक पटक ध्यानाकर्षण गराएपनि माग पुरा हुन नसकेको उल्लेख गरिएको छ । विमानलाई पार्किङ गरेर राख्ने तर सेवा नदिने प्रवृत्तिले रामेछापवासीको मौनता र धैर्यता गुमेको जनाउँदै यथासिघ्र उडान सुरु नभए विमानस्थल घेराउ सहितका कडा आन्दोलन गर्ने चेतावनी ध्यानाकर्षण पत्रमार्फत दिइएको छ ।

क्लब अध्यक्ष सुरेश उदास द्वारा हस्ताक्षरित पत्रमा बाढीपहिरोका कारण सडक यातायात कष्टकर बनेका बेला हवाइ सेवा सुरु गर्नु पर्ने माग गरिएको हो । अध्यक्ष उदासले लुक्लासम्म ५० भन्दा बढी उडान भइरहँदा रामेछापवासीका लागि काठमाडौँसम्म उडान नहुनु बिडम्बना पुर्ण अवस्था रहेको बताए । आफ्नै जिल्लामा रहेको विमानस्थलबाटै सेवा लिन जिल्लाबासी नै बञ्चित हुनुपर्दा बाध्य भएर आन्दोलनकै चेतावनी सम्म दिनु परेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले ध्यानाकर्षणपत्र बुझ्दै माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...