जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

१९ आश्विन २०८२, आईतवार

मन्थली- जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको बैठक सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु निरन्तरको बर्षाबाट सिर्जित समस्या र समाधानका उपायबारे छलफल र विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा भएको बैठकमा बर्षाजन्य बिपद प्रतिकार्यका लागि सबै रणनीतिहरु अपनाइने निर्णय भएको छ ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरो गएकोले यातायात सेवामा अवरोध पुगेको बैठकमा छलफल भएको छ। विशेषगरी मन्थलीदेखि काठमाडौं जोड्ने बी.पी. राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको छ। यस समस्यालाई मध्यनजर गर्दै काठमाडौं-मन्थली उडान दैनिक सञ्चालन गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विभिन्न एयरलाइन्सहरूसँग समन्वय गर्ने निर्णय भएको छ ।

मन्थली सिन्धुली जोड्ने खुर्कोटको पुलको निगरानी बढाउने र एक पटकमा एक वटा मात्र सवारी साधन पास हुने व्यवस्था मिलाउने निर्णय भएको छ ।अवरुद्ध सडकहरू तत्काल खुलाउनका लागि स्काभेटर, जेसीभी, टिपरलगायतका आवश्यक उपकरणसहित स्थानीय तह, सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

बैटकमा विपदजन्य घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने, उद्धार तथा राहत कार्यका लागि जिल्लाका सबै सरोकारवाला निकायहरू लाई समन्वयका साथ काम गर्न आह्वान गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । बैठकमा विपदको समयमा धैर्यधारण गरी सुरक्षित रहन सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...