जेनजी आन्दोलन छानबिन आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरेको छ।
आयोगले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजाललाई अनुसन्धानको दायरामा राख्दै यो निर्णय गरेको हो।
उनीहरूलाई आयोगको अनुमतिबिना काठमाडौं उपत्यका छाड्न पनि बन्देज लगाइएको छ।










