रामेछापमा संविधान दिवसमा विविध कार्यक्रम हुने

१ आश्विन २०८२, बुधबार

मन्थली- जिल्ला समन्वय समिति, रामेछापले संविधान दिवस २०८२ विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाउने तयारी गरेको छ । मंगलबार सम्पन्न समितिको बैठकले सरसफाइ, र्‍याली, अन्तरक्रिया, दिपावली, बिरामीलाई फलफूल वितरण गरी संविधान दिवस मनाउने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीले देशमा संविधान जारी भएको दिनको स्मरण र सम्मानमा लोकतन्त्र र नागरिक अधिकारको संरक्षण भएको रुपमा दिवस मनाउन लागिएको बताइन् ।‌

उनका अनुसार असोज २ देखि ४ गतेसम्म सबै निकायका कार्यालय तथा सर्वसाधारणले साँझ दीपावली गर्ने र आ-आफ्ना घर तथा कार्यालय परिसरको सरसफाइ गर्ने कार्यक्रम तय भएको छ। असोज ३ गते दिवसकै दिन सबै सरकारी कार्यालयमा नयाँ राष्ट्रिय झण्डा राख्ने, सोही दिन बिहान ७ बजे मन्थलीस्थित मदन आश्रित चोकबाट कटहर बोट हुँदै जिल्ला समन्वय समितिसम्म र्‍याली निकालिने र त्यसपछि संविधान कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने छ । त्यस्तै मन्थलीस्थित विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम पनि तय भएको समितिका प्रमुख खड्काले बताइन् ।

दिवसकै दिन जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि व्यक्त गरिने छ । दिवस मनाउन मुल समारोह समिति पनि गठन गरिएको छ । संविधान दिवसमा आयोजित कार्यक्रमा सहभागी भई हर्षोल्लासपूर्वक मनाउन समेत नागरिकहरुलाई आव्हान गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।‌

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...