जंगीअड्डा छलफलमा जेनजी प्रतिनिधि दुई कित्तामा विभाजित

२५ भाद्र २०८२, बुधबार

काठमाडौं । जंगीअड्डामा आफ्ना माग राख्न पुगेका जेनजी प्रतिनिधिहरु गणतन्त्र वा राजतन्त्रका विषयमा नै विभाजित भएका छन् । १५ भन्दा बढी प्रतिनिधि नेपाली सेनाको मुख्यालय प्रवेश गरेर छलफलमा सहभागी भए पनि उनीहरू दुई धारमा बाँडिएका थिए । एक पक्षले संघीयता र धर्मनिरपेक्षता खारेज गर्दै राजतन्त्र फर्काउनुपर्ने प्रस्ताव राखे भने अर्को पक्षले गणतन्त्रलाई विकल्प नखोजी सुधार्दै अघि बढ्नुपर्ने मत दियो ।

छलफलबाट बाहिरिएकी रक्षा बमले ‘आन्दोलनको न्यूनतम मर्म विपरीत छलफल अघि बढेपछि बाहिरिनुपरेको’ बताइन्। स्रोतका अनुसार, उनको संकेत राजतन्त्र पुनःस्थापनासम्बन्धी प्रस्तावप्रति थियो।

प्रधानसेनापति अशोकराज सिग्देलले सुरुमा जेनजीलाई संयोजक तोकेर एकमत भएर आउन समय दिएका थिए। तर, आन्तरिक मतभेदकै कारण उनीहरू स्पष्ट दुई खेमामा बाँडिए। केही प्रतिनिधिले स्वतन्त्र नेतृत्वमा नागरिक सरकार गठन र शहीद–घाइते परिवारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। यसबीच, सेनाले वार्ता प्रक्रियामा रास्वपा र व्यवसायी दुर्गा प्रसाईंको धारणा पनि समेट्नुपर्ने बताएको छ। ‘यी पक्षलाई बाहिर राख्दा भोलि फेरि समस्या नआओस् भन्ने हो,’ सैनिक स्रोतले भन्यो।

सैनिक अधिकारीहरुले संवादबाटै समाधान खोज्ने अडान राखेका छन्। सहमति जुटेपछि राष्ट्रपति कार्यालयसँग प्रत्यक्ष वार्ता गर्ने तयारी रहेको बताइएको छ। यसअघि, सोमबार भएको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए। त्यसपछि संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका स्थलमा आगजनी भएको थियो।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...